नांगो नाच देखाएर मलेसियामा रियाले गरिन नेपालकै बेइज्जत, कार्वाही गर्ने विप्लव माअाेवादीकाे चेतावनी (भिडियोसहित)


काठमाडौं,१७ माघ । 

एक साँस्कृतिक कार्यक्रमको लागि मलेसियामा पुगेका नेपाली हाँस्य कलाकार सुलेमान शंकर ‘इकु’ र मोडेल रिया श्रेष्ठले नेपाल र समग्र कलाकारीता क्षेत्रकै बेइज्जत गरेका छन् ।

मलेसियाको ब्रिष्टेक स्थित होटेल हायत नजिकैको हलमा संचालित ‘युनिक साँस्कृतिक धमाका ४’ नामक कार्यक्रममा नृत्य गर्ने क्रममा उनिहरूले समग्र कला क्षेत्रकै बेज्जत हुनेगरी छाडा ढंगले अंग प्रदर्शन गरेका हुन ।

‘बेलैमा पाक्यो रसिलो अंगुर,लैजाउन घुमाउन मलाई ठमेल बजार’ बोलको गितमा नृत्य गर्दै मोडेल रियाले स्टेजमै आफुले लगाएको कपडा खोलेर नांगो भइन । उनले नेपाली समाजमा नपच्ने र अत्यन्त छाडा शैलीमा नाँच्दै (भित्री वस्त्र बाहेक) सबै कपडा खोलेर अंग प्रदर्शन गरेकी छन ।

रियाले नृत्य गरेको उक्त गितमा चर्चित हाँस्य कलाकार सुलेमान शंकर ‘इकु’ले पनि साथ दिएका छन्। इकु र रियाले नृत्यको क्रममा कलाकारीता नभै आफ्नो नाङ्गोपनलाई प्रर्दशन गरेको भिडियोमा समेत देख्न सकिन्छ।

पछिल्लो समयमा नेपाली कलाकारीता क्षेत्रमा विकृति आएको र हाम्रो मौलिक कला र संस्कृतिमाथि पाश्चात्य हस्तक्षेप बढेको भन्दै सर्वत्र चिन्ता समेत गरिएको छ।

कलाकारीता क्षेत्रमा विभिन्न साँस्कृतिक कार्यक्रमको नाममा विदेश पलायन हुने क्रम पनि बढेको छ।

विप्लव माओवादीले दियो कार्वाही गर्न चेतावनी

कलाको नाममा अराजकता र छाडापन प्रर्दशन गरेको आरोप लगाउँदै विप्लव माओवादीको मलेसियामा स्थित प्रवास संगठन जनप्रगतिशील मोर्चाले सरकारसँग कार्वाहीको माग गरेको छ।

अखिल नेपाल जन सांस्कृतिक महासंघको अन्तर्राष्ट्रिय बिभागका विवश कुमार सेजुवालले समग्र मुलुकको सिर झुक्ने गरि कलाकारीताको दुरूपयोग गर्नेलाई सरकारले तत्काल कडा कार्वाही गर्नुपर्ने नभए जनताले आफै कार्वाही गर्न सक्ने चेतावनी दिए ।

‘नेपाली कला र संस्कृतिको बद्नाम गर्नेलाई देशलाई माया गर्ने कुनै पनिनेपालीले टुलुटुलु हेरेर बस्न सक्दैन । सरकारले यस्ता विकृतिका जराहरू समयमै उखेलेर फ्याक्ने साहस गरोस्, नत्र जनताले आफैँ कार्वाही गर्न सक्छन ।’ सेजुवालले भने ।

मलेसिया मात्र होइन यतिबेला नेपाल र अन्य मुलुकबाट समेत सामाजिक सञ्जाल मार्फत हजारौ नेपालीले उक्त नृत्यले नेपालकै बेज्जत गरेको भन्दै सरकारसँग कार्वाहीको माग गरेका छन् ।

अंग प्रदर्शन गर्नेलाई कार्वाहीको माग

कलाकार राष्टको गहना हुनुपर्नेमा उनिहरूकै कारण मुलुकको बेज्जत भएको भन्दै मलेसियास्थित नेपालीहरूले सरकारसँग कार्वाहीको माग गरेका छन्।

उक्त कार्यक्रममा स्वदेशी कलाकारको प्रस्तुति हेर्न जम्मा भएका नेपालीहरूले देशकै बेज्जत गरेको र विदेशमा गएर नाङ्गिएको भन्दै सरकारसँग त्यस्तो माग गरेका हुन् ।

उक्त कार्यक्रममा ति कलाकारहरूले नेपालको बेज्जत गरेको भन्दै विभिन्न संघसंस्था र व्यक्तिहरूले सामाजिक सञ्जाल मार्फत विरोध र कार्वाहीको माग गरेका छन्।

आयोजक नविन भन्छन- ठूलो विषय होइन

देश-विदेशमा कलाकार लगेर ‘युनिक साँस्कृतिक धमाका’ को वोर्डमा कार्यक्रम आयोजना गर्दै आएका नविन खड्काले मलेसियामा जारी साँस्कृतिक कार्यक्रमको क्रममा बाहिर आएको कुराबारे आफ्नो छोटो प्रतिकृया दिएका छन्।

‘कलाकारले नृत्यको क्रममा प्रदर्शन गरेका विषयलाई लिएर समाचार आएको जानकारी पाएँ । वास्तवमा त्यति ठूलो विषय होइन ।’ आयोजक खड्काले भने ।

उनले आफ्नो फेसबूकमा भिडियो राख्दै त्यस्तो प्रतिक्रिया दिएका हुन् ।


, ,

प्रतिकृया दिनुहोस्

Loading...