अब पाँच जिल्लामा प्रतिसिलिण्डर ग्यास १३०५ मा मात्र

  • काठमाडौं, ६ माघ । 

नेपाल आयल निगमले पाँच जिल्लामा ग्यासको मूल्य घटाएको छ । अब बाँके, बर्दिया, कैलाली कञ्चनपुर र दाङ जिल्लामा प्रतिसिलिण्डर १३०५ रूपैयाँ मात्र पर्नेछ ।

नेपाल आयल निगमका अनुसार भारतको मथुरा र कर्नाल डिपोबाट आउने आयल निगम क्षेत्रीय कार्यालय भलवारीको ढुवानी खर्च कम भएकाले मूल्य घटाइएको हो ।

नयाँ मूल्य रूपेन्देहीमा बुधबारबाट यो लागू भएको छ । निगमले प्रतिसिलिन्डर २० रूपैयाँ मूल्य घटाएपछि कमिशन कम भएको भन्दै ग्यास बिक्रेता संघ आन्दोलनमा उत्रिएको थियो । तर, बिक्रेता र ग्यास उद्योगीबीच सहमतिपछि नयाँ मूल्य लागू भएको छ ।

उद्योगी र बिक्रेताले भ्याटकै कारण उद्योगी र बिक्रेता दुवै मर्कामा परेको निष्कर्ष निकाल्दै भ्याट खारेजी र बिक्रेताले पाउँदै आएको कमिशन यथावत कायम गराउन सरकारलाई माघ १९ गतेसम्म समय दिने र त्यतिबेलासम्म माग पूरा नभए संयुक्तरुपमा आन्दोलन गर्ने सहमति भएको ग्यास बिक्रेता संघ रुपन्देहीका अध्यक्ष वसन्त गौचनले जानकारी दिए।

जिल्लामा बुटवल, सिद्धार्थ, त्रिशूल र स्वस्तिक गरी चारवटा ग्यास उद्योग छन्

, ,

प्रतिकृया दिनुहोस्

Loading...