‘ट्रम्पले आफ्नो जिब्रोमा नियन्त्रण गर्नु पर्छ’

  • एजेन्सी, ३ माघ ।

अमेरिकी गुप्तचर निकाय सिआइएका प्रमुख जोन ब्रेननले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि आफूले गर्ने गरेका टिप्पणीमा नियन्त्रण गर्नु पर्ने चेतावनी दिएका छन् ।

सिआइएका प्रमुख ब्रेननको कार्यकाल चाँडै नै सकिँदैछ । ट्रम्पले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा नियमित रुपमा ट्वीटर मार्फत टिप्पणी गर्ने गरेका छन् । तर ट्रम्पको विचार अब व्यक्तिगत मात्रै नभएर त्यसले राष्ट्रिय सुरक्षामा असर गर्ने भएकाले नियन्त्रण कायम गर्नु पर्ने सिआइए प्रमुख ब्रेननको भनाई छ ।

कुनै ठाउँमा बोल्दा वा ट्वीटरमा केही कुरा खेल्दा अब ट्रम्पले आफ्नो भनाई वा पोस्ट गर्न लागेको विचारले देशको आन्तरिक हित प्रभावित हुँदैन भन्ने सुनिश्चित गर्नुपर्ने ब्रेननले बताए ।

राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि ट्रम्पका हरेक विचार उनको व्यक्तिगत नभएर अमेरिकाको बन्ने भएकाले सचेत रहन उनले चेतावनी दिए । बयानबाजीले राष्ट्रिय हितको रक्षा नगर्ने उनको भनाइृ छ । अमेरिकी चुनावमा रुसले प्रभावित गर्ने प्रयास गरेको सम्बन्धी गुप्तचर विभागको प्रतिवेदन सार्वजनिक भएको एक हप्तापछि ब्रेननको यस्तो भनाई आएको हो ।

फक्स न्युजसँगको अन्तर्वाताको क्रममा ब्रेननले अमेरिकी राष्ट्रपतिले ट्वीटर मार्फत अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्धको घोषणा गर्न नसक्ने बताए । राष्ट्रपतिमा निर्वाचित ट्रम्पले जनवरी २० मा शपथ लिनेछन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...