इज्जत उसको पनि हुन्छ, जसको दरबार हुदैन !

लेखक - दिया चन्द ।
प्लस टु सकेर ब्याचलर पढ्ने समय पनि आइसक्यो, कुन कलेज पढ्ने ? के पढ्ने ? कहिलेबाट कलेज जाने ? साथीहरु दिनदिनै कलेजको कुरा लिएर घर धाउन थाले ।

तिमीहरु पढ मलाई अहिले केहि समय सोच्ने समय देउ, भन्दा पनि उनीहरुले बसिखान दिएनन् । हिजोदेखि सँगै पढेका साथीहरुबाट छुट्टिएर बस्नु हुदैन, हामी सबै एउटै कलेज पढ्नुपर्छ । आखिर उनीहरुको जिद्दीको अगाडि मेरो के नै लाग्थ्यो र ?

केहि महिनापछिको कुरा

ओइ भोली साथीहरुले पिकनिक जाने प्लान बनाउदै छन् त जान्छेस नी ? किरणले च्याटमा भनी ।

जान्न ?

किन ?

पैसा छैन ! (पैसा नभएको कहाँ हो र जान मन पो नभएको त् )

मसँग छ आइजा के के किन्नुपर्छ किनौं ।

फुर्ति न ला ?

ब्याईफ्रेन्डले १० हजार पठाईदेको छ क्या  !

भिखारी बनाउने भइस हैन त अर्काको छोरालाई ?

अनि के त् ज्ञानी छ क्या तेरो भेनाजु, छिटो आइजा म कुर्दै छु बाई

उ अफलाइ भइ ।

ल्यापटप बन्द गरेर म हिडे ।

तैले कहिले कुर्ता लगाउदिनस् है भोली चाहिँ लगाउनै पर्छ । उसले नाक र मुख एकैसाथ खुम्च्याउदै भनी ।

अर्को दिन सबेरै हामी कैलालीको टीकापुर पार्क टुरकालागि निस्कियौं । हामी ५ जना मात्र केटीहरु, बिए प्रथम बर्षमा बाकी ४१ जना केटाहरु थिए । केटी साथीहरु सुनिता बाहेक सबै सानैदेखि सँगै पढेका परिचय गर्नै परेन ।

तर सुनितासँग परिचय गर्नै पर्यो । आफ्नो हात अघि बढाउदै उनले भनिन् - सुनिता उपाध्याय, घर बझाङ, १ नम्बर गल्लीमा कोठा लिएर बसेकी छु । मैले पनि अाफ्नाे बारे भने । साथी हाम्राे त तँ तँ र म म चल्छ माइन्ड कसैले पनि नगर्नु । जाबाे क्लासफ्रेन्डमा पनि केकाे अाैपचारिकता निभाउनु र ?

समर, आरएन, सुर्य अनि सुनिता कलेज गएको पहिलो दिनमै बनेका मेरा साथीहरु । अनि पछि सृजन पनि थपियो । सृजन प्लस टुमा हामीसंगै पढ्थ्यो तर त्यति नजिकबाट उसँग चिनजान र हाई हेल्लो थिएन ।

किरण, पुष्पा, कामना सुनिता अनि म हामी पाँच जना केटिहरु, सबै प्याक थिए सुनिता र म बाहेक । किरण सुर्यको वरीपरी नाचिरहेकी हुन्थी भने, पुष्पाले आरएनलाई आफ्नो प्रेम जालमा चुर्लुम्मै पारिसकेकी थिइ । कामना र समरको जोडी पनि अनौठो लाग्थ्यो, झगडा र आरोप प्रत्यारोपमात्रै गरिरहने एकले अर्कालाई । उता सृजन एक्लै थियो बिचार !

उनीहरुले बसमा बस्दा समेत सुनिता र मलाई एउटा सिट थमाएर सबै जोडी जोडी बसे, सृजनलार्इ लास्ट सिटमा पठाए । घरिघरि हामीलाई हेर्दै हास्थे उनिहरू। हामी पनि उनीहरुको खुसीमा साथ थपिदिन्थ्यौ । साँझ घर फर्किने गरि बिहान ५ बजे नै हिडेका हामीहरु रफ्तारमा थियौं

दायाँबायाँ सबै जोडीहरु आ – आफ्नै सुरमा थिए । सुनिता अलि विचलितजस्तै देखिइन । उनको मुहारमा एक्कासी आएको मलिनाताले म नसोधि रहन सकिन ।

तिम्लाई के भयो ?

पुरानो घाउ बल्झियो ! उनले तुरुन्त उत्तर दिइन् ।

कस्तो पुरानो घाउ भनेको ?

त्यो दिन कसैको म्यासेज र कुरा गर्ने तरिका देख्दा यो नै हाम्रो अन्तिम भेट होला भन्ने थाहा पाएर मेरो आँखा रसाउनु नै उनीप्रतिको मेरो अथाह माया थियो । आज आभास भयो ‘ बस ।

त्यस्तो पनि रु म अन्यौलमा परे ।

तिब्र गतिमा चलिरहेको बसको झ्यालबाट आएको हावाले उनको कपाल मेरो आखा, नाक मुख र निधारसम्म पुगिरहेको थियो ।

'जब अरुलाई हामी हुनु नहुनुले फरक पर्न छोड्छ नि रु अनि बुझ्नुपर्छ हामीले पनि हाम्रो मनलाई बुझाउन र परिवर्तन गर्ने बेला भयो भन्ने कुरा । हो म पनि त्यहि सोचेर आज यहाँसम्म आएको छु ।'

को थियो ?  कताको मान्छे ?  के गर्थ्यो र? कसरी भेट भयो ? अनि कसरि छुट्यो ? मेरो मनमा अनेकौं प्रश्नहरुले मेरो मन एकैछिन हुस्सु लागेको अनकन्टार डाडाजस्तै भयो ।

मलाई सुनाउछौ ? के भएको थियो ?

उसले टाउको मात्र हल्लाई, त्यो दिन टिकापुर पार्कमा हामी रमायौं । केटाहरू कसैले वियरको सिङ्गै बोतल मुखमा कोचेको देखिन्थ्यो त कोहि ग्रुपमा बसेर चिउरा मासुसँगै सेल्फी खिचिरहेका थिए, कतिले त त्यस्तो चिसो मौसमको वास्तै नगरि कर्णालीमा डुबुल्की पनि मारे । यता केटीहरुले वाइन अफर गर्दै थिए, सुनिता र मैले लिएनौं अरु तिनै जनाले पिए ।

साझ करिब साढे ७ बजे हामी सुनिताको रुम पुग्यौं ।

पुस माघमा यस्तै ५ बजे नै रात परिसक्छ । अहिले ८ बज्न लाग्यो आज यतै बस है रातभरि गफ गरौंला, खुट्टामा लगाएको निलो स्यान्डीन फुकाल्दै उसले भनि । आमालाई खबर गर्, म सुनिताकोमै छु भनेर ।

उसले सबैकुरा एकै वाक्यमा सिध्याई ।

कोठाको एउटा छेउमा रहेको सानो काठको मान्दिर, उसले दराजबाट अगरबत्ती तानेर सल्काई । एक हातमा घन्टी र अर्को हातमा अगरबत्ती, मन्दिरको वरीपरी घुमाई । मुखमुखै खोइ के के भनी पनि ।

तलाई यो भगवान, भुत देउता यस्तोमा सचिक्कै विश्वास लाग्छ ? म यसै त् प्रश्नमाथि प्रश्न गर्ने बानीले आफै हैरान भएको मान्छे, नसोधी के बस्न सक्थे र ?

हैन म यस कारण मुर्ति पुज्छु, की यहाँ विश्वास गर्न लायक कोहि मान्छे नै भेटिदैनन् ।

व्हा  ! उसले क्या गजबको डाइलग बोली, सोध्न मन लाग्यो तँ पहिला यस्ती थिनस नी !

के गर्नु त मेरो आँखा र मन दुबैलाई बर्खा लागेको छ, बेला न कुबेला तप्प तप्प चुहिन्छ ?

के चुहिन्छ त्यसरी ?

आशु ! अरु के हुनु नी ।

उसको कुरो सुनेर एकछिन भएपनि पेट मिची मिची हास्न मन नलागेको कहाँ हो र तर मान्छेको मन हो दुखि हुन ठूलो कुरै चाहिन्न । उसले पनि मन दुखाई भने ? कहिले हाँसो पचाउन नसक्ने म त्यो दिन हासोलाई ओठ बाहिर ओकल्न नसकेर भित्र पठाए सकी नसकी ।

ल ठिक छ, बरु मलाई अाफ्नाे लभ कहानी सुना, तेराे मन पनि हलुका हुन्छ, मेरो दिमागमा कुनै आइडिया फुरेछ भने समाधान पनि निकालौंला ।

अब के समाधान निकाल्नु छ र ? उसले मन फेर्यो मैले सपना फेरे । हिसाबकिताब बराबर । उसकाे त्यो आवाजमा प्रष्ट पीडा महशुस हुन्थ्यो ।

इज्जत त उसको पनि हुन्छ, जसको दरबार हुदैन अनि सपना उसको पनि हुन्छ जसको बाँच्ने आधार हुदैन । पेटबाट बाढीझैं उर्लेर घाटीसम्म पुगेको भक्कानोलाई फिक्का हासोमा बदलेजस्तै गरी उसले थपी, अनि मन ? मन त उसको पनि हुन्छ ,जसको खुशिको संसार हुदैन।

कति रहरलाग्दो कुरा गरी उसले । म नतमष्तक भए ।

अनि लभ स्टोरी सुनाउदिनस् ?

मेरो लभस्टोरी सुन्न तैले पुरै रात जाग्राम बस्नुपर्छ । उसले चाेर अैंला मतिर उठाउदै भनी । तयार छेस ?

मलाई मन्जुर छ । रातभरि नसुत्ने सर्तमा उ सबैकुरा भन्न तयार भई ।

भनिन्छ नी – सम्बन्ध प्रेमको कमिले हैन प्रेम धेरै र बिश्वास कम भएर टुट्छ छुट्छ तर हाम्रो सम्बन्धमा न बिश्वासको कमी छ न प्रेमको अनि छुट्यो भएर कसरि पत्याउ म ? त्यो रातपछिका सबै सुनौला बिहानीहरु निक्कै मधुरा मधुरा लाग्न थाले । उनि यसरी बेखबर बने की मैले हजारौंपटक उनको मोबाइलमा कल गर्ने कोशिस गरे ।

केहि दिनसम्म त फोन लाग्थ्यो, रिसिभ हुदैनथ्यो, तर केहीदिनपछि फोन नै लाग्न छोड्यो । फेसबुकमा उनका र मेरा थुप्रै साथिहरुलाई सोधे तर कुनै शिप लागेन । आकुलव्याकुलको अवस्थामा थिए म, कसैसँग पनि राम्रोसँग प्रस्तुत हुनसक्ने हालत नभएपछि मैले केहि दिनका लागी जिल्ला छोड्ने निर्णय लिए । दिनमा सङ्गै अनि रातमा गाएब हुने छायाले पनि रिस उठाउथ्यो तर के गर्नु रोएर टार्थे ।

बेलाबेलामा सोच्थे, किन रिसाउ म तिमिसङ्ग ? एकदिन तिम्रो तस्बिर नहेर्दैमा मेरो आयु घट्ने त हैन ! म मरिजाने नै त हैन ।  यहि कुरा दिमागले बुझ्छ तर मनले किन बुझ्दैन ? कति नाजुक हुन्छ मान्छेको मन, अझ त्यसमा पनि म नारी न परे।

रिसाएको छैन तिमिसङ्ग बस् मन खुसी हुन नसकेको मात्र हो। रोएको छैन म, बस् यी आँखाहरु ओसिएका मात्र हुन । फेरी अर्को मनले बर्बर आशु खासल्थ्यो । भाग्यमा कहिल्यै भेट्न नलेखिएका मान्छेहरुको साथ सिर्फ 'कल्पना' मै मात्र मीठो हुदो रैछ, त्यो  पनि बर्फीभन्दा बढी ।

२०७३ माघ ६ गते प्रकाशित । 

, , ,

प्रतिकृया दिनुहोस्

Loading...