इंग्ल्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारत विजयी

  • काठमाडौं, ७ माघ ।

इंग्ल्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारत विजयी भएको छ ।

कटकमा बिहीबार बेलुका सकिएको खेलमा घरेलु टोली भारतले भ्रमण टोली इंग्ल्याण्डलाई १५ रनले हराएको हो । भारतले प्रस्तुत गरेको तीन सय ८२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा तीन सय ६६ रन मात्रै बनाउन सक्यो ।

उसका कप्तान इयोन मोर्गानले एक सय दुई तथा ज्यासन रोयले ८२ रन बनाए । यस्तै माइन अलीले ५५ र जोए रुटले ५४ रन बनाए पनि हार टार्न सकेनन् । भारतका रविचन्द्रन आश्विनले तीन तथा जसप्रीत बुमराहले दुई विकेट लिए ।

पहिले ब्याटिङ गरेको भारतले युवराज सिंह र महेन्द्र सिंह धोनीको शतकको मद्दतमा तीन सय ८१ रन बनायो । युवराजले एक सय ५० तथा धोनीले एक सय ३४ रन बनाए । इंग्ल्याण्डका क्रिस वोक्सले चार तथा लिएम प्लुनकेट्टले दुई विकेट लिए ।

तीन एक दिवसीयको श्रृँखलामा लगातार दुई खेल जित्दै भारतले श्रृँखला आफ्नो पक्षमा पारेको छ । विराट कोहलीको कप्तानीमा खेलेको भारतले पहिलो एक दिवसीयमा इंग्ल्याण्डलाई तीन विकेटले हराएको थियो । भारत र इंग्ल्याण्डबिच दुई ट्वेन्टी–ट्वेन्टी क्रिकेट पनि हुनेछ ।

,

प्रतिकृया दिनुहोस्

Loading...