पैदल यात्रुलाई नियमले कस्दै प्रहरी

  • काठमाडौं, ३ माघ ।

पैदल यात्रुले तोकिएको स्थानबाट मात्र बाटो काट्नुपर्छ। साइकलका लागि बनाएको सडकमा साइकल कुदाउनुपर्छ।

सडकमा जथाभावी चौपाया छोड्नु हुन्न। सडकलाई बिस्कुन सुकाउने स्थान बनाउनु हुन्न। यस्तो सामान्य विषयलाई लापरबाही गर्दै आएका तपाईँ हामी अब भने जिम्मेवार र सजक बन्नुपर्नेछ। नत्र सजायको भागीदार। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

सवारी साधनलाई निषेधित क्षेत्रमा पार्किङ गर्दा दुर्घटना भए र जथाभावी सडक अवरूद्ध र तोडफोड गरे क्षतिपूर्ति दिनुपर्छ। यस्तै सवारी साधन र सडकको अवस्थाका कारण दुर्घटना भए सवारी धनी र सडक निर्माण गर्ने निकाय सजायको भागीदार हुन्छन्।

सरकारले पैदल यात्रुलाई समेत दुर्घटनाको दोषी देखिए कारबाहीको व्यवस्थासहितको सडक सुरक्षा ऐन ल्याउने तयारी गरेको छ। डक विभागले सरोकारवाला निकायको सहकार्यमा सडक प्रयोगकर्ता, निर्माता र सवारीसाधन सबैलाई कसुर अनुसार सजाय र क्षतिपूर्ति भराउने व्यवस्थासहित ‘नेपाल सडक सुरक्षा ऐन–२०७३’ मस्यौदा तयार पारेको हो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...