भिन्दाभिन्दै तरिकाले सुदूरपश्चिममा आज धुमधामका साथ माघे संक्रान्ति मनाइदै
- काठमाडौं, १ माघ ।
शनिबार माघे संक्रान्ति पर्व मनाईंदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।
माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले अबदेखि दिनभन्दा रात छोटा हुँदै जान्छन् । देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका ठाउँमा माघ स्नान गर्ने भक्तजनको घुईंचो लागेको छ ।
तराईका बासिन्दाले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । माघे सङ्क्रान्तिमा घ्यु, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यि परिकारले जाडोमा न्यानो र उर्जा दिने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो ।
यस्तै थारु समुदायले आज नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदैछन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको माघी पर्व पर्दछ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ ।
यस्तै सुपका पहाडी समुदायले आज काग तिहार मनाउदै छन् । पुस मसान्तको दिन बेलुका पकाएको सेलरोटी, झुनमुने, तरुल र दहि चिउरालाई माघ १ गतेको दिन बिहानै उठेर नुहाईधुवाई गरि कागलाई खुवाउने चलन छ । विशेष गरि वालवालिकाहरुले 'का कौवा का, मेरो रोटी खा' भन्दै कागलाई रोटी खुवाउने चलन छ ।
प्रतिकृया दिनुहोस्
Loading...