धारोमा पानी भर्ने पालो कुर्दा कुर्दै छुट्छ स्कुल
कालिकोट,१६ माघ ।
कालिकोट सदरमुकाम मान्मबाट २१ कोष टाढा रहेको धौलागोह गाविसमा खानेपानीको अभाव छ । गाविसमा खानेपानीको स्रोत छैन ।
भएका योजनाहरु पनि मर्मतसम्भार नहुँदा पूर्ण प्रयोगमा आएका छैनन् । यो वर्ष पानी कम पर्यो । किसानले बारीमा लगाएको अन्न बाली सप्रेन । गाउँका धेरै पुरुष कामको खोजीमा भारत गएका छन् । घरमा बालबच्चा र खेतबारीको काम महिलाको जिम्मामा छ ।
त्यसमाथि पानीको अभावले गर्दा महिलामा कामको बोझ थपिएको छ । खानेपानी अभावले गर्दा यहाँका महिला तथा बालबालिकामा कामको बोझ थपिएको छ ।
स्कुले बालबालिका बिहानै पानी थाप्न एक घण्टाको बाटो हिँडेर धारासम्म पुग्छन् । सजिलै पानी भर्न मिल्दैन, पालो कुर्नु पर्यो । पालो कुर्दा कुर्दा कहिले त स्कुल छुट्ने गरेको कक्षा चारमा अध्ययनरत धौलागोह–४ कि सरिता प्याकुरेलले बताइन् । पानीको समस्याले गर्दा आफूहरु निकै मर्कामा परेको स्थानीय महिलाले बताएका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...