राष्ट्रिय प्रसारण प्रणालीको पूरै ग्रीड ‘ब्ल्याकआउट” देशभर बिजुली आपूर्ति बन्द


  • काठमाडौं , २५ मंसिर।

सोमबार साँझ देशभर बिजुली आपूर्ति बन्द भएको छ । झण्डै एक घण्टापछि केही स्थानमा आपूर्ति सुचारु भएपनि अझै केहि स्थानमा बिजुली आपूर्ति रोकिएको प्राधिकरणले जनाएकाे छ ।

मध्यमस्र्याङ्दीदेखि तल्लो मर्स्याङ्दीसम्मको प्रसारण लाइनमा समस्या आएका कारण राष्ट्रिय प्रसारण प्रणालीको पूरै ग्रीड ‘ब्ल्याकआउट” हुन पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले केहि ठाउँबाहेक धेरै ठाउँमा बिद्युत सप्लाइ सुचारु भैसकेको जानकारी दिए । तर, प्रणाली मिलाउन अझै केही सब्स्टेसनबीच लोड काट्ने र जोड्ने काम भैरहेको उनले बताए ।

प्रणाली स्थिर हुन अझै केही समय प्रतिक्षा गर्नुपर्ने उनको भनाइ छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...