ओलीको फिल्म सुटिङका लागि गरिएको थियो एमालेको आमसभा, खुलासापछि अरु नेता जिल्ल
काठमाडौं २५ पुस ।
एमाले लगायात अन्य ९ दलले गरेको आमसभा खासमा एमालेले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नायकको भूमिका निर्बाहा गरेको चलचित्र 'रातो सुर्य'को सुटिङ्गका लागी गरेको रहस्य खुलेको छ ।
गत पुस २२ गतेको विरोध प्रदर्शन र आमसभालाई एमालेले यति धेरै महत्व दिनुको रहस्य पार्टी अध्यक्ष केपी ओलीले अभिनय गरिरहेको चलचित्र ‘रातो सूर्य’को सुटिङका लागि रहेको खुलेको हो ।
एक निर्वाचन क्षेत्रका लागि कम्तिमा एउटा बस र उक्त बसका लागि २५ हजार रुपैयाँका दरले पार्टीबाट निकासा गरेर उनले आफू नायक रहेको चलचित्र सुटिङ गरेको रहस्य खुलेपछि सभामा उपस्थित रहेका अन्य दलका नेताहरु आश्चर्यमा परेका छन् ।
एमालेले आफ्नो प्रतिष्ठाको विषय बनाएको सो आमसभामा ओलीले चलचित्रमा निभाउने केही दृश्य खिचिएको थियो । आमसभामा ओलीले चर्को रुपमा प्रधानमन्त्री प्रचण्ड र मधेसी मोर्चाविरुद्ध अभिव्यक्ति दिएका थिए ।
तरुण साप्ताहिकमा प्रकाशित खबर अनुसार त्यति मात्र होइन, उनले राष्ट्रवादी आन्दोलनको नेतृत्व एमालेले गरेको छ भन्ने अभिव्यक्ति चलचित्रका लागि नै दिएका थिए ।
ओलीले गरेको भाषण रातो सूर्य चलचित्र युनिटले सुटिङ गरिरहेको थाहा पाएपछि अन्य दलका शीर्ष नेता भित्रभित्रै हाँसेका थिए ।
एमालेका सुवासचन्द्र नेम्वाङले सहमति र थप छलफलका लागि २४ गतेसम्म समय माग गरेपछि सभामुख ओनसरी घर्तीले सूचना टाँस गरी संसद् बैठक स्थगित गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस्
Loading...