बर्खास्तीमा परेका ज्ञवालीले गरे सर्बोच्चमा रिट दायर

- काठमाडौं ३ माघ ।
आफ्नो पदावधी बाँकीनै रहेको अवस्थामा गैरकानूनी रुपमा सरकारले आफूलाई हटाएको उनको दावी छ । सर्बोच्चमा दायर गरिएको रिटमा ज्ञवालीले सरकारी निर्णयबिरुद्ध अन्तरिम आदेशको माग गरेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
रिट निवेदन आइतबार ढिला गरी प्राप्त भएकाले दर्ता तथा दरपीठ के गर्नेबारे सोमबारमात्र निर्णय हुने बताइएको छ ।
सरकारले बुधबार ज्ञवालीलाई हटाएर डाक्टर गोविन्द पोखरेललाई प्राधिकरणको सिइओ बनाएको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...