अखिल (क्रान्तिकारी) दाङ्ले भकाभक गर्यो स्कुलहरुमाथि कारबाही, जिशिअ मैनालीले दिए बधाई
- जंग रेउले, घोराही,२९ पुस ।
क्रान्तिकारीले घोराही क्षेत्रमा गुरुकुल इन्टरनेशनल स्कुल, मार्क इन्टरनेशलकलेज, भ्याक्ट्रोरिया इन्टरनेशन लकलेज त्यस्तै लमही क्षेत्रमा मार्टेन इन्टरनेशनल एकेडेमी,यम्स इन्टरनेशनल एकेडेमी, तुल्सीपुर क्षेत्रमा नोभेक्स इन्टरनेशनल कलेज,पारिजात इन्टरनेशनल स्कुल र पश्चिम क्षेत्रमा ग्रेट आइडल इन्टरनेशनल स्कुल हापुरे लगाएतका स्कुल कलेजका गाडी, होड़ीङ्ग बोर्ड, साइनबोर्डमा रहेका इन्टरनेशनल सब्दहरु कालो मोसोले मेटाएका हुन् ।
स्कुल तथा कलेजमा इन्टरनेशनल हुन पुरा गर्नुपर्ने कुनै विधि, प्रक्रिया र मापदण्ड पुरा नगरी विशुद्ध व्यापारको लागि इन्टरनेशनल शब्द मात्र प्रयोग गरेकाले कारबाही गर्नुपरेको अखिलक्रान्तिकारी राप्ती संयोजक तथा केन्द्रिय सचिवाल सदस्य नरेन्द वि.क.ले बताएका छन् ।
बिकले यो या त्यो बहानामा अभिभावक विद्यार्थीलाई ठग्ने कुनै पनि हर्कत आफ्नो संगठनलाई स्वीकार्य नभएकाले यसको कडा रुपले प्रतिरोध गर्ने समेत बताएका छन् ।
इन्टरनेशनल शब्द प्रयोग गर्नका लागि कम्तीमा १ प्रतिशत विदेशी विद्यार्थी र आईएसओ मान्यताप्राप्त गरेको हुनुपर्ने प्रबधान रहेको छ । तर नेपालमा विद्यार्थी आकर्षण गर्नको लागि शिक्षण संस्था संचालकहरुले मनोमानित रुपमा इन्टरनेशनल शब्द प्रयोग गर्दै आइरहेका छन ।
व्यापारिक फाइदाका लागी मात्र इन्टरनेशनल सब्दको बिज्ञापन गर्ने शैक्षिक माफियाहरुलाई निरन्तर कारबाही गर्दै जाने क्रान्तिकारीको नीति रहेको संयोजक नरेन्द्र वि.क.ले बताएका छन् ।
आफूहरुलाई इन्टरनेशनल शब्द प्रति भने कुनै आपत्ती नरहेको पनि प्रष्ट पारेका छन । यदी कुनै स्कुल कलेजले मापदण्ड पुरा गरी इन्टरनेशनल स्तरको भएमा आफूहरु निकै खुसी भएर कालोमसीले नभई रातो अविरले अभिनन्दन गर्ने बिकको भनाइ छ ।
शिक्षा क्षेत्रका विद्यामान ऐन नियम कानुनलाई उल्लघन गर्न खोज्ने कलेज तथा विद्यालयमा कारबाही गरेको प्रति दाङ जिल्लाका जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले संगठनका दाङ जिल्ला संयोजक मदन केसीलाई फोन मार्फत राम्रो काम गरेको भन्दै बधाई समेत दिएकाछन ।
प्रतिकृया दिनुहोस्
Loading...