प्रहरी र तस्करबीच सुनसरीमा दोहोरो भीडन्त, ३ घाइते

  • इटहरी, १७ माघ ।
सुनसरीमा प्रहरी र लागुऔषध तस्करबीच भीडन्त हुँदा तीन जना घाइते भएका छन् । इटहरी– १४ को खनारस्थित सुनसरी मोरङ सिंचाई योजनाको नहरनजिक लागूऔषधका कारोबारी समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको थियो ।

घटनामा तस्करले पहिला प्रहरीमाथि चलाएका थिए । र, प्रहरीले जवाफी कारवाहीमा फायरिङ गरेको थियो । घटनामा प्रहरीको गोली लागेर मोरङका श्रवण सरदार, करिश्मा चौधरी र सतन पासवान घाइते भएको सुनसरी प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले बताए ।

घाइतेको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घटनास्थलमा कोरेक्स नामक लागूपदार्थसहित चारवटा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...