पुनर्निर्माण प्राधिकरणबाट हटाइएका ज्ञवाली सर्बोच्च पुगे
- काठमाडौं, ३ माघ ।
कार्यशैली सन्तोषजनक नभएको भन्दै सरकारको बर्खास्तीमा परेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निवर्तमान सिइओ सुशील ज्ञवालीले सर्बोच्च अदालतमा रिट दायर गरेका छन् ।
आफ्नो पदावधी बाँकीनै रहेको अवस्थामा गैरकानूनी रुपमा सरकारले आफूलाई हटाएको उनको दावी छ ।
सर्बोच्चमा दायर गरिएको रिटमा ज्ञवालीले सरकारी निर्णयबिरुद्ध अन्तरिम आदेशको माग गरेको आजको गरखापत्र दैनिकमा समाचार छ ।
रिट निवेदन आइतबार ढिला गरी प्राप्त भएकाले दर्ता तथा दरपीठ के गर्नेबारे सोमबारमात्र निर्णय हुने बताइएको छ । सरकारले बुधबार ज्ञवालीलाई हटाएर डाक्टर गोविन्द पोखरेललाई प्राधिकरणको सिइओ बनाएको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...