प्रचण्ड सरकारविरुद्ध यसरि खनिए मजदुर नेताहरु

  • इमान्दार मिडिया
  • काठमाडाैं, १५ माघ ।
सरकारले आउँदो फागुनदेखि २० वर्षे पुराना सवारी साधनलाई कुनैपनि रुटमा चल्ने इजाजत नदिने निर्णय गरेपछि बिभिन्न पार्टी तथा पार्टीसम्वद्ध मजदुर सङ्गठनहरुले आपत्ति जनाउदै चर्को बिरोध गरेका छन् । 

नेपाल राष्ट्रिय बोर्डिंग स्कुल भाडा बस व्यवसायी संघले शनिबार सातदोबाटोमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्ने मजदुर नेताहरुले प्रचण्ड सरकारले मजदुरको हित विपरीत निर्णय गरेको भन्दै कडा आपत्ति जनाए । 

नेताहरुले प्रचण्ड सरकारको निर्णयले सम्पूर्ण यातयात व्यवसायी मजदुरहरुको रोजीरोटी खोस्ने भन्दै त्यसो हुन् नदिन आफूहरु एकताबद्ध भएर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

उत्पीडित मजदुरहरुको हक हित रक्षाका निम्ति सबै मजदुर संगठनहरु एक भएर  संघर्ष  गर्नुपर्ने सबैको साझा धाराणा थियो । 

अहिलेको सरकार मजदुर मारा सरकार बनेको भन्दै यो सरकारले मजदुरको हितमा निर्णय गर्न नसकने र यो संविधानले पनि मजदुरको हक हित संरक्षण गर्न नसक्ने बक्ताहरुको भनाइ थियो ।

त्यस्तै कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले अहिलेको संबिधान पंचायती संबिधान भन्दा पनि कमजोर रहेको बताए  ।

आफ्नो मन्तब्य राख्ने क्रममा सहभागी सबै बक्ताहरुले  नेपाल राष्ट्रिय बोर्डिंग स्कुल भाडा बस व्यवसायी संघको आन्दोलनमा आफ्नो पार्टीको एकबद्धता जाहेर गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय शिब सेना पार्टीका केन्द्रीय अधक्ष्य बिक्रम बम, अखिल नेपाल ट्रेड युनियन क्रान्तिकारी महासंघ उपत्यका संयोजक अनुप शर्मा, पर्यटन यातायात स्वरोजगार मजदुर संघ अधक्ष्य राम प्रसाद मैनालीले मन्तब्य दिएका थिए ।

त्यस्तै नेपाल मातृभूमि पार्टीका केन्द्रीय अधक्ष ओम प्रकाश बिस्वकर्मा, माओवादी केन्द्रका केन्द्रीय सदस्य भगवान शाही लगायतका बक्ताहरुले आफ्ना धारणा राखेका थिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...