मन्त्रिपरिषद् विस्तार गर्दै प्रचण्ड, सिंह र खड्का मन्त्री बन्ने

  • काठमाडौं, ६ माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । । उनले साना एक सिटे दलबाट दुई मन्त्री नियुक्त गर्न लागेका हुन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार समाजवादी पार्टीका सांसद प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्का मन्त्री बन्ने छन् ।

सिंहलाई खानेपानी तथा सरसफाइ र खड्कालाई महिला बालबालिका तथा समाज कल्याण्ड मन्त्री नियुक्त गरिनेछ ।

दुई मन्त्रीको सपथ दिउँसो साढे २ बजेका लागि तय भएको छ । प्रचण्ड सरकार हाल ४१ सदस्यीय छ । प्रचण्ड सरकारका २ उपप्रधानमन्त्री छन् भने २४ मन्त्री र १४ राज्यमन्त्री छन् । यो विस्तारसँगै मन्त्रिपरिषद् ४३ सदस्यीय हुनेछ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...