माओवादी काठमाडौँ जिल्ला सम्मेलन बुधबारदेखि सुरु

  • काठमाडौँ ५ माघ ।

नेकपा (माअाेवादी) काठमाडाैँ जिल्ला सम्मेलनकाे बुधबार उद‍्घाटन भएको । काठमाडौँको शान्तिबाटिकामा एक खुला सभाका बीच सम्मेलनको उद्घाटन भएको हो ।

नेकपा (माओवादी) स्थाई समिति सदस्य तथा मध्य कमाण्ड ईन्चार्ज सन्तोष बुढा मगरले जिल्ला सम्मेलनको उद्घाटन गरेका थिए । 

सम्मेलन उद्घाटनकाे अवसरमा माअाेवादीले खाद्य सम्प्रभुता, भ्रष्टाचार र महंगीविरुद्ध प्रदर्शन गरेको थियो ।शान्तिवाटीबाट शहिदगेट-सुन्धारा हुँदै पुनः शान्तिवाटीकामा पुगेपछि जुलुस सभामा परिणत भएको भएको थियो ।

कार्यक्रममा स्थायी समिति सदस्य सन्तोष बुढा मगर, भक्तपुर जिल्ला सेक्रेटरी आजाद, ललितपुर सेक्रेटरी जगत, जबस मोर्चा ईन्चार्ज मोहन कार्की, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक संजिब झाँक्रि, राष्ट्रिय युवा जन स्वयंम्सेवकका केन्द्रीय अध्यक्ष सुदीप जनगणतान्त्रिक सम्पर्क मञ्च साधारण शाँखा सेक्रेटरी मकर गुरुङ, लगायतले मन्तब्य राखेका थिए ।

माओवादी काठमाडौंका सेक्रेटरी एवं केन्द्रीय सदस्य माइला लामाले दिएको जानकारी अनुसार २ दिन सम्म चल्ने सम्मेलनको बन्द सत्रबाट आगामी कार्यकालका निम्ती नयाँ नेतृत्व चयन गरिने छ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...