रहेनन् पोर्चुगल प्रजातन्त्रका पिता तथा पूर्व राष्ट्रपति मारियो
- एजेन्सी, २४ पुस ।
पोर्चुगलमा प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका खेल्नुभएका पूर्व राष्ट्रपति मारियो सोएरिसको निधन भएको छ ।
पोर्चुगलको प्रजातन्त्रका पिताका रुपमा लिइने पूर्व राष्ट्रपति सोएरिसको ९२ वर्षको उमेरमा शनिबार राति निधन भएको हो । झण्डै आधा शताब्दी लामो निरंकुश व्यवस्था अन्त्यको आन्दोलनको नेतृत्व गरेका सोएरिस सन् १९७६ देखि १९७८ सम्म पोर्चुगलको प्रधानमन्त्री थिए । उनी सन् १९८६ देखि १९९६ सम्म राष्ट्रपति बने ।
उनलाई गएको महिना स्वास्थ्यमा समस्या देखिएपछि लिस्बोनको अस्पतालमा भर्ना गरिएको थियो । सुरुमा स्वास्थ्यमा सुधारको संकेत देखिए पनि पछि उनी कोमामा गएका र कोमामै रहेका बेला उनको निधन भएको अस्पतालले जनाएको छ ।
उनको निधानका बारेमा थप विवरण भने अस्पतालले दिएको छैन । उनले सन् १९७४ मा भएको कारनेशन रिभोलुसनमा मुख्य भुमिका खेलेका थिए । यो आन्दोलनले ४८ वर्ष लामो सालाजर निरंकुश शासन अन्त्य गरेको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...