माथिल्लो माई हाइड्रोपावर : क्यासकेड आयोजनाको काम अन्तिम चरणमा
इलाम,१८ माघ ।
६ दशमलव १ मेगावाट क्षमताको माथिल्लो माई हाइड्रोपावर कम्पनीको क्यासकेड आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।
इलामको मावु गाविसमा निर्माण भएको क्यासकेटबाट दुई महिनाभित्र विद्युत उत्पादन गर्ने लक्ष्यका साथ तीब्र गतिमा काम भइरहेको पञ्चकन्या हाइड्रोपावर कम्पनीले जनाएको छ ।
यो क्यासकेड ९० करोड रुपैयाँको लागतमा निर्माण सुरु गरिएको हो । आयोजनाको मुख्य काम पूरा भइसकेको पञ्चकन्या हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक सन्तोष प्रधानले बताए ।
माथिल्लो माईबाट निस्किएको पानी सुलुबुङ गाविसको वडा नम्बर ३ र ७ बाट खनिएको सुरुङ् र विछ्याइएको पेनस्टक पाइपबाट विद्युत उत्पादन गरिने आयोजनाले जनाइएको छ । माथिल्लो माईको पावरहाउस नजिक हेडबक्सबाट ९६० मिटरको टनेलबाट विद्युत उत्पादनको तयारी गरिएको प्रधानले बताए ।
माथिल्लो माई उत्पादित ९ दशमलव ९८ मेगावाट विद्युत यसअघि नै केन्द्रीय प्रसारण लाइनमा जोडिसकिएको छ । क्यासकेड आयोजनाबाट समेत उत्पादित विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिने प्रबन्ध निर्देशक प्रधानले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्
Loading...