मौसमविद भन्छन्, शनिबारदेखि मौसममा सुधार हुन्छ

  • काठमाडौं,१५ माघ ।

शुक्रबार देशभर पानी परे पनि शनिबार भने आकाशमा बादल मात्रै लागेको छ । 

पश्चिमी वायुको प्रभावले पश्चिमबाट वर्षा सुरु भएको र मध्य तथा पूर्वी भेगमा समेत प्रभाव परेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंमा शुक्रबार दिउँसो केहीबेर मौसम सफा भएपनि बेलुकीपख फेरि बदली भएर पानी परेको थियो । साँझसम्म पानी परेपनि शनिबारदेखि मौसममा सुधार हुँदै जाने मौसमविदले बताएका छन् । 

मौसमविद समीर श्रेष्ठका अनुसार मध्य र पश्चिमका हिमाली क्षेत्रमा भारी हिमपात तथा पूर्वी भेगमा सामान्य हिमपात हुने सम्भावना छ ।

पश्चिमी वायुको प्रभाव शुक्रबार रातिसम्म कमजोर हुने र शनिबारदेखि मौसममा सुधार आउने पनि उहाँले जानकारी दिए । शुक्रबारको झरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरणमा समस्या भएको थियो ।

यस्तै काठमाडौंको सडकमा हिँड्ने यात्रुले पनि सकस खेप्नुपरेको थियो । मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने र सडक विस्तारको कामले भत्काइएका सडक हिलाम्मे भएपछि गाडीवाला र यात्रुले समेत हैरानी खेप्नुपरेको हो ।

,

प्रतिकृया दिनुहोस्

Loading...