बेलबारी नगर पत्रकारिता पुरस्कार बस्नेतलाई

  • मोरङ, ३ माघ ।

बेतना दैनिकका सम्पादक तथा रेडियो बेतनाका पुर्व स्टेशन म्यानेजर नरेन्द्र बस्नेत पहिलो बेलबारी नगर पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

बेलबारी नगरपालिकाको वार्षिक नगर विकास योजना आर्थिक बर्ष २०७४/०७५ को बजेट सार्वजनिकीकरण कार्यक्रमका अवसरमा आईतबार संघिय मामिला तथा स्थानीय बिकास राज्यमन्त्री श्रीप्रसाद जबेगुले बस्नेतलाई नगद ५ हजार सहित पुरस्कृत गरेका हुन ।

बस्नेतसँगै स्थानीय फाईट साप्ताहिकका सम्पादक भत्तसेर लिम्बुलाई पनि नगर पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । बस्नेत र लिम्बुले ३ बर्षअघि संयुत्त रुपमा प्रथम बिष्णु बस्नेत बेतना सिमसार पत्रकारिता पुरस्कार प्राप्त गरिसकेका छन ।

कार्यक्रममा पत्रकार भोजराज बस्नेतलाई खोज पत्रकारितामा सहयोग गरेको भन्दै पुरस्कृत गरियो । पत्रकारहरुसँगै नगरपालिकामा उत्कृष्ट कार्य गरेबापत कर्मचारीहरु कृष्ण प्रसाद चौधरी, सर्जुगलाल चौधरी, भद्र बहादुर घले र बार्षिक रुपमा सबैभन्दा बढी कर तिर्नेमध्ये उत्कृष्ट करदाता बेलबारी ४ का मधुमाया बस्नेतलाई समेत कार्यक्रममा सम्मान गरियो ।

कार्यक्रममा बेलबारी बजार ब्यबस्थापन समिति,लक्षित बर्ग समुह अन्र्तगत आदिबासी जनजाति महासंघ समन्वय समिति बेलबारी,वडा नागरिक मञ्च बेलबारी २, जनमार्ग कालोपत्रे सकड उपभोत्ता समुह पनि कार्यक्रममा पुरस्कृत भएका छन् ।

कार्यक्रममा बेलबारी नगरपालिकाका कार्यकारी अधिकृत होम प्रसाद पौडेलले बजेट प्रस्तुत गरेका थिए । बेलबारी नगरबिकास अध्यक्ष नगेन्द्र जमरकट्टेलले स्वागत मनतब्य राखेका थिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...