निर्वाचन आयोगले माघ १५ भित्र कानून नपाउने निश्चित

  • काठमाडौं, १४ माघ ।
व्यवस्थापिका संसदले माघ १५ गतेभित्र निर्वाचनसम्वन्धी सबै कानुन निर्वाचन आयोगलाई दिन नसक्ने भएको छ । यसबाट बैशाख अन्तिम साताभित्र स्थानीय चुनाव गर्ने सरकारको तयारी प्रभावित हुनसक्छ ।

निर्वाचनसम्वन्धी ५ वटा विधेयकमध्ये दुई विधेयकलाई संसदले पास गरिसकेको छ । निर्वाचन कसुरसम्वन्धी विधेयक शुक्रबारको संसदमा पेश हुनेछ ।

तर, राजनीतिक दल र स्थानीय चुनावसम्वन्धी विधेयक अझै राज्य व्यवस्था समितिअन्तरगतको उपसमितिमा छलफलमै छ । थ्रेस होल्डसहितका मुख्य विषयमा राजनीतिक सहमति जुट्न बाँकी रहेकाले उपसमितिले माघ १५ को समयसीमा विधेयकहरु टुंगो लगाउन सकेन ।

उपसमिति सदस्य ईश्वरी न्यौपानेका अनुसार उपससमितिले थप दुई दिनको म्याद मागेको छ, जसलाई समितिको पूर्ण समितिले पास गरेको छ ।

भोलि शनिबार र आइतबारको सहिद दिवसको सार्वजनिक विदा परेको छ । उपसमितिले १७ र १८ गते थप समय पाएको छ । यो बीचमा सहमति भएमा १८ गतेसम्ममा संसदले सबै कानुन पास गर्न सक्ने देखिएको छ ।

राजनीतिक दलहरुबीच थ्रेस होल्डबारे विवाद कायमै छ । प्रमुख दलहरु ३ प्रतिशतसम्म थ्रेस होल्ड राख्ने पक्षमा छन् । तर, साना दलहरुले विरोध गर्दै आएका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...