दलीय भागवण्डामा निर्वाचन आयोगका तीन सदस्य सिफारिस
इमान्दार मिडिया संवाददाता ।
काठमाडौं, १४ माघ ।
संवैधानिक परिषदले तीन दलको भागवण्डामा निर्वाचन आयोगका लागि तीन सदस्य सिफारिस गरेको छ ।
परिषद्को शुक्रबार दिउँसो बसेको बैठकले आयोगमा रिक्त तीन आयुक्तमा पौडेल, दाहाल र शाहलाई सिफारिस गरेको हो ।
पौडेल र दाहाल पूर्व सचिव हुन् भने शाह पूर्व सहसचिव हुन् । अयोधीप्रसाद यादवले प्रमुख निर्वाचन आयुक्त र इला शर्माले आयुक्तको रुपमा काम गर्दै आएका छन् ।
नियुक्त भएकाहरु तीन दलको कोटामा परेका हुन् । पूर्व रक्षा सचिव ईश्वरीप्रसाद पौडेल कांग्रेसको कोटामा परेका हुन् भने नरेन्द्र दाहाल एमालेको कोटामा परेका हुन् । अर्का आयुक्त सुधिर कुमार शाह माओवादी कोटाबाट परेका हुन् ।
सिफारिस भएकाहरुको नाम संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । र, योसँगै आयोगले पूर्णता पाउनेछ ।
पाँच पदाधिकारी रहने निर्वाचन आयोगमा हाल प्रमुख आयुक्त अयोधिप्रसाद यादव र सदस्य इला शर्मा छन् ।

प्रतिकृया दिनुहोस्
Loading...