राष्ट्रिय एकता र अखण्डताकै लागि संशोधन प्रस्ताव  :  प्रधानमन्त्री

  • दुवई, ३ माघ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेस बिनाको काठमाडौंको कल्पना गर्न नसकिने बताएका छन् ।

दुवईमा प्रवासी नेपालीहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले प्रचण्डले पहाड र मधेसका नाममा क्षेत्रीय ध्रुवीकरण बढ्न नहुने भन्दै हिमाल, पहाड र तराईबीचको एकता जोगाउनु सबैको पहिलो दायित्व भएको बताए ।

सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव राष्ट्रिय एकता र अखण्डताकै लागि भएको भन्दै उनले भने, 'कुनै जाति, क्षेत्र र समुदायलाई धकेलेर राष्ट्रियता बलियो बनाउन सकिँदैन । मधेसका लागि काठमाडौं र काठमाडौंका लागि मधेस दुवै अभिन्न रुपमा जोडिएका छन् । मधेश बिनाको काठमाडौंको कल्पना पनि गर्न सकिँदैन ।’

सरकारको चासो आर्थिक समृद्धि र बिप्रेषणको प्रतिफलयुक्त आयोजनामा लगानी गर्नुमा रहेको प्रधानमन्त्रीले बताए । साउदी अरबको विकास र चमत्कार हेर्ने अवसर मिलेको भन्दै उनले भने, ठूला र अग्ला टावरहरु हेरियो । यहाँ मानव निर्मित टावर छ, नेपालमा प्राकृतिक टावर (सगरमाथा) छ । यी दुई वटा टावरलाई जोडेर नेपालको विकास गर्न सकिन्छ ।’

प्रवासी नेपालीहरुसँग अन्तरक्रियापूर्व प्रधानमन्त्री प्रचण्डले नेपाली व्यवसायीहरुसँग छलफल गरेका थिए । नेपालमा पनि लगानीको वातावरण बनाउन सरकार प्रयत्नशील रहेको भन्दै उनले मार्च २ र ३ मा काठमाडौंमा हुने लगानी सम्मेलन लगानीको वातावरण छ भन्ने सन्देश लैजान अनुरोध समेत गरे ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...