मिड टाउनको चार्टर नाइट बन्दिपुरमा
पोखरा, १६ माघ ।
लायन्स क्लब अफ पोखरा मिड टाउनको तेस्रो चार्टर नाइट तथा फेलोसिप कार्यक्रम माघ १४ र १५ गते विविध कार्यक्रमका साथ तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष विष्णुप्रसाद बास्तोलाको अध्यक्षता तथा लायन्स डिष्ट्रिक ३२५ बि १ नेपालका सेकेण्ड डिष्ट्रिक गर्भनर अशोक कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै श्रेष्ठले क्लबले सामाजिक उत्तरदायित्व बहन गरी गरेका सामाजिक कामको प्रशंसा गरे । उक्त अवसरमा रिजन चियर पर्सन माधव बहादुर पन्त, जोन चियर पर्सन चन्द्रकान्त बराल, क्लबका अध्यक्ष विष्णुप्रसाद बास्तोला, क्लबका संस्थापक अध्यक्ष कृष्णराज पोखरेल, प्रथम उपाध्यक्ष ठाकुरप्रसाद अधिकारी, सचिव सुरेन्द्र पौडेल, कार्यक्रमका संयोजक रविराज भुत्र्याल लगायतले बोलेका थिए ।
चार्टर नाइटको अवसरमा क्लबले २ जना बिरामीलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । क्लबले बन्दिपुरमा रहेको दिल आधारभुत विद्यालयमा अध्ययन गर्ने आर्थिक अवस्था कमजोर भएका १० जना विद्यार्थीलाई स्टेशनरी सामान समेत वितरण गरेको कार्यक्रम संयोजक रबिराज भुत्र्यालले जानकारी दिए ।
क्लबका सदस्यको बिचमा पारिवारिक सम्वन्ध स्थापना गर्न फेलोसिप कार्यक्रमको आयोजना गरिएको अध्यक्ष बास्तोलाले बताए । विभिन्न खेलकुलका कार्यक्रम तथा नाचगानका साथ फेलोसिप कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक रामजी केसीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्
Loading...