राजदूत भागबन्डा मिल्यो, कुन पार्टीलाई कति ?
- काठमाडौं, २४ पुस ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस शभापतिबीच पटक पटक भएको छलफल र वार्तापछि राजदूत नियुक्ति सिफारिस कोटाको टुंगो लागेको छ ।
प्रधानमन्त्री स्रोतका अनुसार ६ देशमा कांग्रेसले, ४ देशमा माओवादी केन्द्रले, २ देशमा राष्ट्रिय प्रजानन्त्र पार्टीले र एक देशमा साना दलको तर्फबाट राजदूत सिफरिस गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री दाहालले १३ मुलुकमा राजदूत सिफरिस गर्दा दुवै पार्टीले ५०/५० प्रतिशत भागबन्डा गर्नुपर्ने अडान राख्दै आएका थिए ।
कांग्रेस सभापति देउवाले भने संसद्को ठूलो दलको नाताले राजदूत सिफरिस गर्दा कांग्रेसलाई ६० प्रतिशत कोटा दिइनुपर्ने अडान लिएका थिए ।
त्यसैका कारण राजदूत नियुक्ति सरिफारिसमा सहमति जुट्न सकेको थिएन । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
प्रतिकृया दिनुहोस्
Loading...