गृहमन्त्री निधि एकाएक बेपत्ता भएपछि संसद बैठक स्थगित

  • काठमाडौं, १७ माघ ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले झुक्याएपछि व्यवस्थापिका संसदको बैठक स्थगित भएको छ ।

संसदको कार्यसूचीमा रहेको निर्वाचन कसुर तथा सजाय विधेयक पारित गर्न प्रस्ताव गर्नुपर्ने बेला गृहमन्त्री निधि खबरै नगरी एकाएक वेपत्ता भएपछि सभामुखले बाध्य भएर बैठक स्थगित गरेकी हुन् ।

निर्वाचन कसुर तथा सजाय विधेयक निर्वाचनका लागि महत्वपूर्ण थियो । तर, सोमबार दिउँसो १ बजे बोलाइएको बैठकमा बिशेष समय र सुन्य समयमा साँसदहरुले बोल्ने पालो सकिसक्दा पनि गृहमन्त्री संसदमा उपस्थित नभएपछि विधेयक पारित नगरिकनै बैठक स्थगित गर्नुपर्यो ।

निर्वाचनसम्बन्धी विधेयक पारित गराउन गृहमन्त्री नआएपछि विपक्षी सांसदले होहल्ला गर्दै विरोध गरेका थिए ।

प्रधानमन्त्रीले आफू निर्वाचनको लागि तत्पर रहेको बताइरहेका बेला गृहमन्त्री निर्वाचनका लागि आवश्यक विधेयक पारित गराउनका लागि संसदमा उपस्थित नहुनुले सरकार निर्वाचन नगराउने निष्कर्षमा पुगेको हो कि भन्ने प्रश्न उब्जाएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...