एमाले संसदीय दलको बैठक बस्दै, ‘कठोर’ निर्णय लिने संकेत
- काठमाडौं, २४ पुस ।
प्रमुख विपक्षी दल नेकपा (एमाले)को संसदीय समितिको बैठक बस्दै छ । बैठकले पछिल्लो राजनीतिक अवस्था र संसदमा देखिएको गतिरोधका विषयमा आफ्ना सांसदहरूसँग छलफल गर्ने बताइएको छ ।
संविधान संशोधनको प्रस्ताव सदनमा आएपछि सडक र संसदमा आन्दोलन गरिरहेको एमालेले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको हो ।
बैठकमा अध्यक्ष एवम् संसदीय दलका नेता केपी ओलीले सांसदहरूलाई समग्र मुलुकको राजनीतिक विषयमा निर्देशन दिने स्रोतले जनाएको छ । बैठकले सरकारविरुद्ध ‘कठोर’ निर्णय लिने बुझिएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...