सोनसिककाे ५ औं शैक्षिक सेमिनार कोरियामा सम्पन्न

  • काठमाडौं ८ माघ ।

नेपाली विद्यार्थी समाज दक्षिण कोरियाले कोरियाको ग्वाङ्ग्जु शहरस्थित चोसुन युनिभर्सिटीमा २ दिने सैक्षिक सेमिनार सम्मपन्न गरेकाे छ । जनवरी तेश्रो साता सम्पन्न सेमिनारमा करिब १२० जना नेपाली बिद्यार्थी, अनुसन्धानकर्ता , प्राध्यापक तथा कोरियन अतिथिको उपस्थिति रहेको थियो ।

डा. तारामान कडायत, डा. भुसन श्रेष्ठ तथा डा. शिव कुमार जलदे (भारत)ले सहजकर्ताको भूमिका निर्वागरेको उक्त कार्यक्रमकाे पहिलो दिनमा खोजपत्र लेखन सम्बन्धि कार्यशाला र दोश्रो दिन आधारभूत तथा चिकित्सा विज्ञान अनुसन्धानको बिषयक ओरल प्रेजेन्तेशन गरिएकाे सोनसिकका उपसभापति तथा कार्यक्रमका समन्वयक श्री देबेश झाले जानकारी दिए ।

नेपाली राजदुतावासका कार्यवाहक राजदुत किरण शाक्यको प्रमुख आतिथ्य तथा सोनसिक सभापति आराजना श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न क्षेत्रका विज्ञहरुले विभिन्न विषयहरुबारे जानकारी दिएका थिए ।

कार्यक्रममा कुमामोटो यूनिवर्सिटी जापानका प्राध्यापक डा. हरि देवकोटाले जापान तथा अन्य देशहरुको शिक्षा प्रणाली, अवस्था तथा औषधीजन्य बनस्पतिको अनुसन्धानका साथै नेपालमा औषधीजन्य बनस्पतिको अनुसन्धानको चुनौती र सम्भावनाबारे विस्तृतरूपमा जानकारी गराएका थिए ।

सो कार्यक्रममा सहभागीहरुले अनुसन्धान तथा जानकारीमुलक ४० वटा पोस्टर प्रस्तुत गरेको थिए । उत्कृष्ट पोस्टर प्रेजेन्ट गर्ने ५ जनालाइ प्रमाण पत्र तथा नगद पुरष्कारको व्यवस्था गरिएको थियो । सोनसिकले कोरियामा रहेका नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै विभिन्न किसिमका शैक्षिक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...