सुप सेवा समाज युएइकाे प्रमलार्इ ज्ञापन - अमर बमको रिहाइकाे लागि पहल गरिदिनुहाेस्

काठमाडौं, ३ माघ ।

सुदूरपश्चिमेली सेवा समाज युएइले दुबइस्थित कारगारमा रहेका दार्चुलाका अमर बमको रिहाइका लागि पहल गरिदिन आग्रह गरेको छ ।

विदेश भ्रमणका क्रममा युएइ पुगेका प्रधानमन्त्री प्रचण्डलार्इ भेटर समाजले आइतबार बमको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै ज्ञापन बुझाएकाे हाे ।

अमर बम एक भारतीय नागरिकको हत्या अभियोगमा १२ बर्षदेखि युएइस्थीत एक कारागारमा कैदी जीवन बिताउदै आएका छन् । बमले मृतक व्यक्तिको परिवारलाई ‘ब्लड(मनी’ बुझाएमा मृत्युदण्डबाट छुट्कारा पाउन सक्ने छन् । दार्चुलाको धारी गाविस ३ का अमरबहादुर बम सन् २००२ को डिसेम्बर २३ मा भारत हुादै दुबर्इ पुगेका थिए ।


बमकाे रिहाइकाे पहल गरि प्रवासमा रहेका नेपाली नागरिकलार्इ सुरक्षाकाे प्रत्यभुती दिलाउन तथा प्रवासी नेपाली र सरकरबिचकाे सम्बन्धलार्इ रेमिट्यान्समा मात्र नहेर्न पनि विज्ञप्तिमा उल्लेख छ ।



,

प्रतिकृया दिनुहोस्

Loading...