पेशामा नहुनेहरूले पत्रकार महासंघको सदस्यता त्याग्नुपर्छ - सचिव चलाउने

  • प्युठान, ६ माघ । 

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव प्रभात चलाउनेले पत्रकारीता पेशामा रहेर पत्रकारिता गर्नेहरूको संगठन नै नेपाल पत्रकार महासंघ बताएका छन । 

पत्रकारिता पेशामा नहुनेहरूले आफै महासंघको सदस्यता त्याग्नुपर्ने भन्दै चलाउनेले पत्रकारीता बाहेकका पेशामा रहेकाहरूले महासंघको सदस्यताको दुरूपयोग गरेकाे भन्दै उनिहरू महासंघले उसको समस्या हेर्न नसक्ने बताएका छन । 

क्रान्तिकारी पत्रकार संगठन प्युठानले आयोजना गरेको मोफसलको पत्रकारीता अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले काम गरेकाहरूले प्रतिफल पाउनै पर्ने बताए । 

अहिले समाचार कपि पेस्ट गरेर पत्रकारहरूले गलत गरिरहेको भन्दै चलाउनेले राज्यको सुविधा पत्रकारले लिएर राज्यका विरूद्ध जान नसक्दा समाजले प्रगति गर्न नसकेको ठोकुवा गरे । ऐनमा तोकिए अनुसारको तलव खाएर मात्रै संचार माध्याममा काम गर्न अनुरोध गर्दै उनले पत्रकार पनि मिडिया मालिकबाट ठगिए समाज कसरी राम्रो हुन्छ भनी प्रश्न गरेका थिए । 

'पत्रकारीता गर्नेहरूका अवसरहरू धेरै छन, अवसरलाई चिनेर पछ्याउनु सक्पनु पर्छ ।' क्रान्तिकारी पत्रकार संगठन नेपाललका अध्यक्षसमेत रहेका चलाउनेले भने 'पत्रकारले क्षमता विकास गर्न पनि जरूरी छ ।' अन्तरक्रियामा सहभागिहरूले पत्रकारहरूले भोगेका चुनौतीका कुरालाई महासंघका सचिवसंग राख्न पाउँदा खुशी भएको बताएका छन । 

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका प्युठान अध्यक्ष गिरू भण्डारीले पत्रकार महासंघले सबै पत्रकारलाई सदस्यता दिनु पर्ने भन्दै आफुले कसैलाई नरोकेको बताएका छन । कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य तथा राप्ती व्युरो प्रमुख डिल्लीराज रावले सबैजनाको विचार मिलाएर जान सके मात्रै विवादहरू समाधान हुने बताएका छन । 

,

प्रतिकृया दिनुहोस्

Loading...