अाफुमाथि विपक्षीले लगाएकाे आरोपको प्रचण्डले यसरि गरे खण्डन


काठमाडौं,२३ पुस । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय एकतालाई कमजोर पार्न लागिपरेको भन्ने विपक्षीको आरोपको खण्डन गरेका छन् ।

एमाले नेतृत्वको विपक्षी ९ दलले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्दै संविधान संशोधन राष्ट्रिय हित विपरित भएको बताएका थिए ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा विपक्षीको आरोप खण्डन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, यो संविधानको स्वीकार्यता बढाउन खोज्ने यो राष्ट्रलाई कमजोर पार्नु हो र ? मधेसी, जनजाति, दलित सबैलाई समेटेर उनीहरुको पनि स्वीकार्यता बढाएर संविधान कार्यान्वयन गर्न खोज्नु राष्ट्रको एकतालाई कमजोर पार्न खोज्नु हो र ?’

विपक्षीलाई लक्षित गर्दै उनले अघि भने, बरु एउटा समुदाय विशेषलाई निषेध गर्न खोज्नु, त्यसलाई धेकेलेर अन्त पठाउन खोज्नु पो राष्ट्रिय एकता विपरित कुरा हो ।’

प्रधानमन्त्री प्रचण्डले दलहरुबीच सहमति जुटाउन आफू प्रयासरत रहेको समेत बताएका छन् । संसद सुचारु गराउन सरकारलाई सबै पक्षले साथ दिनुपर्ने भन्दै उनले अवरोध हटेसँगै सदनमा संविधान संशोधन प्रस्ताव, निर्वाचन सम्बन्धि प्रस्ताव र अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव अघि बढाउने बताए ।

संविधान कार्यान्वयनका लागि संविधान संशोधन प्रस्ताव ल्याएको भन्दै उनले त्यो पारित भएसँगै मुलुक निर्वाचनमा जाने बताए ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...