पूजिवादी व्यवस्थालाई भत्काएर मजदुरमुखी जनवादी व्यवस्था स्थापना गरिन्छ : बस्नेत

  • इमान्दार मिडिया संवाददाता।
  • काठमाडौँ  १५ माघ ।
नेकपा(माओवादी) निकट सयुक्त बाणिज्य महासंघका केन्द्रीय महासचिव प्रकाश बस्नेतले अहिलेको सरकार पूजिवादी सरकार भएको आरोप लगाएका छन् ।

नेपाल राष्ट्रिय बोर्डिंग स्कुल भाडा बस व्यवसायी संघले शनिबार सातदोबाटोमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अब यो व्यवस्थाले मजदुरको हित गर्न नसक्ने भन्दै आफिहरुले पुजीबादी ब्यबस्था भत्काएर नयाँ मजदुरमुखी ब्यबस्था स्थापना गर्ने बताएका छन् ।

प्रचण्ड नेतृत्वको सरकार भारत परस्त भएको भन्दै उनले यो विदेशीको कठपुतली सरकार भएको हुनाले यो सरकार र अहिलेको संविधानले देशको गरिबी हटाउन र मजदुरहरुको हित गर्न नसक्ने दाबी गरेका छन् ।

त्यस्तै उनले प्रचण्डले संसदीय व्यवस्थालाइ ब्यबस्थित जनयुद्दको एजेण्डालाई लत्याएर संसदबादमा पतन हुँदै शहिदहरुको सपनाको हत्या गरेको गम्भीर आरोप लगाएका छन् ।

जनजीविका, राष्ट्रियता, राष्ट्रिय स्वाधीनताको बिषय निकै कमजोर भएको भन्दै बस्नेतले ब आफ्नो पार्टीको नेतृत्वमा स्वाभिमानी देश भक्तहरुलाई गोल बन्द गर्दै राष्ट्रिय मुक्ति आन्दोलन छेड्ने चेतावनी दिए ।

मजदुरहरुको हक हितका निम्ति आफुहरु दिनरात खटिरहेको भन्दै उनले अब माओवादी आन्दोलनले मात्र शोषित पिडीतहरुलाई मुक्त गर्न सक्ने दाबी गर्दै आफुहरुको आन्दोलनमा साथ दिन अनुरोध गरेका छन् ।

कार्यक्रममा शिब सेना नेपालका केन्द्रीय अधक्ष्य बिक्रम बम, अखिल नेपाल ट्रेड युनियन क्रान्तिकारी महासंघ उपत्यका संयोजक अनुप शर्मा, पर्यटन यातायात स्वरोजगार मजदुर संघ अधक्ष्य राम प्रसाद मैनालीले मन्तब्य दिएका थिए ।

त्यस्तै नेपाल मातृभूमि पार्टीका केन्द्रीय अधक्ष ओम प्रकाश बिस्वकर्मा, माओवादी केन्द्रका केन्द्रीय सदस्य भगवान शाही लगायतका बक्ताहरुले आफ्ना धारणा राखेका थिय ।

,

प्रतिकृया दिनुहोस्

Loading...