अचानक स्थगित भयो राप्रपाको केन्द्रीय कार्यसमिति
- काठमाडौं, २४ पुस ।
सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले माघ महिलो साता आह्वान गरेको केन्द्रीय कार्यसमितिको बैठक अचानक स्थगित गरेको छ ।
मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकीकरणपछिको मूल्यांकन, महाविधेशनको तयारीलगायतका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको थियो ।
राप्रपाका सहप्रवक्ता किरण गिरीले अर्को सूचना नभएसम्मका लागि केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको बताए ।
‘सबै पदाधिकारी र सदस्यहरूलाई केन्द्रीय कार्यसमिति बैठकका लागि सूचना भइसकेको थियो’, उनले भने, ‘महाधिवेशनको तयारीका लागि नेताहरू जिल्ला गएकाले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको छ ।’
राप्रपाले माघको ३ र ४ गते काठमाडौंमा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएको थियो । अब बैठकका लागि पुनः निमन्त्रणा गरिने सहप्रवक्ता गिरीले बताए ।
राप्रपा र राप्रपा नेपाल एकीकण भएसँग संगठन सुदृढीकरणमा जुटेका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...