भोटर कार्ड नदेखाउँदासम्म श्रीमानसंग सम्भोग नगर्न अपिल


केन्यामा एक महिला साँसदले महिलाहरुले चुनावमा भोट हाल्नका लागि पञ्जिकरण नगर्दासम्म पतिसंग सम्बन्ध नराख्न अपिल गरेकी छन् ।

सांसद मिशी मबोले ८ अगस्तमा 
हुन लागेको चुनावका लागि मतदाताहरुले पञ्जिकरण गरिनुपर्ने माग उनले गरेकी छन् ।

उनी तटीय शहर मोम्बासाबाट महिलाकी प्रतिनिधि हुन् । उनले विपक्षीलाई किनारामा धकेल्ने यो सबैभन्दा राम्रो रणनीति भएको समेत बताएकी छिन् । ‘महिलाले यो रणनीतिलाई अपनाउनुपर्छ । पतिसंगको सम्भोग इन्कार गर्नुस्, जबसम्म उनले भोटर कार्ड देखाउँदैनन् ।’

सोमबारबाट सुरु भएको पञ्जिकरण गर्ने कार्य १७ फरवरीसम्म चल्ने छ । मबोले सम्भोग एक शक्तिशाली हतियार हो जसले अनिच्छुक पुरुषलाई मतदाताका रूपमा पञ्जिकरण गराउन प्रोत्साहन गर्नेछ ।

त्यहाँस्थित एक अखबारले छापेको समाचार अनुसार केन्याका राष्ट्रपति उहूरू केनयट्टा दोस्रो कार्यकालका लागि चुनाव लड्दैछन् ।

मबोको पार्टी ओडीएम समेत विपक्षी पार्टीको गठबन्धनलाई समर्थन गर्ने एक उम्मेदवारबाट उनलाई चुनौति मिल्न सक्छ ।

मबोले भनेकी छन् ‘यदि समर्थकहरुले धेरै संख्यामा पञ्जिकरण गराएमा विपक्षी गठबन्धनलाई जित्ने सम्भावना ज्यूँदै छ ।’ केन्यामा संभोग बहिष्कार गर्ने अपिल सामान्य हो ।

२००९ मा पनि महिला कार्यकर्ताले हप्ताभरी सम्भोग हड्ताल गरेका थिए । तब, उनीहरुले तत्कालीन राष्ट्रपति मवाई किबाकी, प्रधानमंत्री राइला ओडिंगा र उनका सहयोगीबीचको झगडा अन्त्य गरेर सन्धि सम्झौता गर्ने कदम उठाएका थिए । एजेन्सी ।

,

प्रतिकृया दिनुहोस्

Loading...