‘हेयर स्टाइल’ बनाउन जहाँ टाउकोमै आगो लगाइन्छ (भिडियोसहित)


राम्रो कपाल बनाउन मानिसले विभिन्न किसिमका उपायहरु अपनाउने गर्छन् । कपालमा विभिन्न किसिमका रंगहरु लगाउनुका साथै विभिन्न शैलीमा मोड्ने गर्छन् । पाकिस्तानमा भने भिन्नै प्रकारले ‘हेयर स्टाइल’ तयार पारिन्छ ।

राम्रो कमपाल र शैलीका लागि मानिस आफ्नो शिरमा समेत आगो लगाउन तयार हुन्छन् । यस्तै खालको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । यस भिडियोमा एक सैलुनवाला मानिस एक व्यक्तिको कपालमा आगो लगाएर कपाल काट्दै गरेको देखिन्छ । यो देखे दुनिया अचम्मित भएको छ ।

कपाल काट्नुभन्दा पहिले उनले कपालमा कुनै पाउडर तथा तरल पदार्थ प्रयोग गरेको देखिन्छ ।

त्यसपछि उनले लाइटरले कपालमा आगो लगाएको देखिन्छ । आगो लगाइसकेपछि काइयोले कपाल काटेको देखिन्छ । यो भिडियो पाकिस्तानका पत्रकार कुरैसीले ट्विरमा पोष्ट गरेका थिए । एजेन्सी ।

,

प्रतिकृया दिनुहोस्

Loading...