महिलाहरु किन रातमा बढी सेक्स गर्न रुचाउछन् ?


जब रात पर्छ तब महिलाहरु पनि सेक्सका लागि रोमान्टिक मुड बनाउने गर्छन् । हालसम्म महिलाहरु लाजका कारण रातमा सेक्स गर्न रुचाउने गरेको कारण बताइदै आइएको थियो ।

तर, अनुसन्धानकर्ताले यसबारे अध्ययन गरेका छन् । अनुसन्धानकर्ताका अनुसार महिलाहरु आफ्नो बडी फिगरका कारण रातमा सेक्स गर्न रुचाउने गर्छन् ।

बडी लुकका अनुसार उनीहरुले समय रोज्ने गरेको अनुसन्धानकर्ताको भनाइ रहेको छ । अनुसन्धानकर्ताका अनुसार महिलहरुको बडी फिगरका कारण उज्यालोमा सेक्स गर्न रुचाउँदैनन् ।

अष्ट्रेलियामा गरिएको उक्त अध्ययनमा ८०० जना मानिसमा सर्वे गरिएको थियो । धेरै तौल भएकी वा बिग्रेको फिगर भएका युवतीहरु वा महिलाहरु रातमा सेक्स गर्न रुचाउने अध्ययनले देखाएको थियो ।

सर्वेमा ६० युवतीले अध्यारोमा सेक्स गर्न रुचाउने बताए । उनीहरुलाई उज्यालोमा कपडा फुकाल्न लाज लाग्ने बताएका थिए । उनीहरु आफ्नो सेक्स पार्टनरले खराब फिगर नदेखुन् भन्ने चाहान्थे ।

त्यस्तै ७३ जना युवतीहरुले आफ्नो तौलका कारण रातमा कपडा फुकाल्न र छुदाँ पनि लाज लाग्ने बताएका थिए । विशेषज्ञका अनुसार यस्ता महिलाहरुले आफ्नो खानपानमा ध्यान पुर्याउनु आवश्यक छ ।

उनीहरुले दैनिक व्यायाम गर्नुपर्छ । यो अनुसन्धानमा सर्वे अनलाइनको प्रयोग गरिएको थियो ।

,

प्रतिकृया दिनुहोस्

Loading...