बाँदर र हरिणको अनौठो प्रेम


जापानका वैज्ञानिकहरुले एक यस्तो भिडियो फुटेज फेला पारेका छन्, जहाँ एउटा बाँदरले हरिणसँग सम्भोग गर्ने कोशिस गरिरहेको देखाइको छ। 

शोधकर्ताहरुले २०१५ नोभेम्बरमा मकाउ प्रजातिका बाँदरले दुई वटा हरिणसँग सम्भोग गर्ने कोशिस गरिरहेको भेटेका थिए।

नोभेम्बर महिना बाँदरहरुको प्रजननको समय हो। मकाउ प्रजातिका बाँदर पहिला हरिणसँग खेल्ने र त्यसपछि पिठ्यूँमा चढेर शारीरिक सम्बन्ध बनाउन कोशिस गर्ने गरेको शोधकर्ताहरुले बताएका छन्। 

दुई अलग अलग प्रजातिबीच शारीरिक सम्बन्ध हुनु असामान्य मानिन्छ। तर वैज्ञानिकहरु भिन्न प्रजातिबीच किन यस्तो हुन्छ भन्ने विषयमा अनुसन्धान गरिरहेका छन्। 

बीबीसीका अनुसार हरिणसँग सम्बन्ध बनाउन कोशिस गर्ने बाँदर उसको आफ्नो झुन्डमा कमसल दर्जामा राख्ने गरिन्छ।

उक्त विषयमा शोधपत्र तयार गर्ने व्यक्तिहरु मध्ये एक अलेक्जेन्डर बोनेफाय भन्छन्, ‘बाँदर पहिला हरिणमाथि चढ्यो, अनि सम्भोग गर्ने जस्तो हरकत देखायो। त्यो समय करिब १५ सेकेन्डजति रह्यो। त्यसलाई सेक्ससँग जोडिएको व्यवहार भन्न सकिन्छ।’

,

प्रतिकृया दिनुहोस्

Loading...