माओवादी रुपन्देही जिल्ला सम्मेलनको तयारी पुरा


प्रकाश डुम्रे रुपन्देही ४ माघ ।

नेकपा(माओवादी)को आगामि फाल्गुन आयोजित आठौँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै देशव्यापी गाउँ, नगर र जिल्ला सम्मेलनमा जुटेको छ । 

यसै क्रममा माओवादी देशभर जिल्ला सम्मेलनमा जुटेको छ यता लुम्बिनि ब्युरो अन्तर्गत चार जिल्ला नवलपरासी, गुल्मि, अर्घाखाची र कपिलबस्तुको जिल्ला सम्मेलन सकिएको छ भने रुपन्देहिको जिल्ला सम्मेलन भोलि हुदैछ ।

त्यस्तै पाल्पाको सम्मेलन माघ ९ मा हुदैछ । यता रुपन्देहीको सम्मेलन भोलीदेखि सुरु हुदैछ । सम्मेलनको उदघाटन पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश वलि 'सुर्दशन' ले गर्दैछन ।

सम्मेलनमा चन्द्र बहादुर चन्द 'बिरजगँ' बशन्त श्रेष्ठ 'प्रज्जवलन' लगाएतका केन्द्रीय नेताहरुले सम्बोधन गर्दैछन ।

सम्मेलनको बन्द सत्रमा जिल्लाभरबाट झण्डै दुई सय प्रतिनिधि प्रबेक्षक सहभागी हुने माओवादी जिल्ला सचिव सरद ओलिले जानकारी दिए ।

२ दिन सम्म चल्ने सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...