बजारमा आयो कवी सिन्धुलीयको उपन्यास ‘शून्य डिग्री’

  • काठमाडौँ २ माघ ।

प्रोल्लास सिन्धुलीयद्वारा लिखित उपन्यास ‘शून्य डिग्री’बजारमा आएको छ । शनिबार राजधानीको सर्वनाम थिएटरमा छोटो नाट्य प्रस्तुतिका साथ पुस्तक सार्वजनिक भएको हो ।

पुरु लम्सालले उपन्यासको अंशलाई नाटकमा ढालेका थिए । उनकै निर्देशनमा सर्वनामका कलाकारले उपन्यासको एक अंशलाई नाटकको प्रस्तुती दिएका थिए ।

नाटकमा नितान्त दाहाल मल्ल, मीना पूर्णिमा खड्का, सुजन पौडेल, सुजिता अधिकारी, सुदर्शन अर्याल सिग्देललगायतका कलाकारले अभिनय गरेका थिए ।

नाटक प्रस्तुतिपछि नियात्राकार निर्मोही व्यास, कवि वियोगी बुढाथोकी, कथाकार प्रकाश बस्नेत गफाडी, प्रकाशक मणि शर्मा र उपन्यासकारका बालसखा मोहनकुमार श्रेष्ठले संयुक्त रुपमा उपन्यास सार्वजनिक गरे । पुस्तक साङ्ग्रिला बुक्सले प्रकाशित गरेको हो ।

,

प्रतिकृया दिनुहोस्

Loading...