निर्वाचन कसुर तथा सजायसम्बन्धी विधेयक पेश, १७ गते पारित गर्ने
व्यवस्थापिका संसदमा शुक्रबार निर्वाचन कसुर तथा सजायसम्बन्धी विधेयक पेश भएको छ ।
राज्य व्यवस्था समितिले विधेयकलाई बिहीबार अन्तिम रुप दिएपछि संसदमा शुक्रबार पेश गरिएको हो ।
विधेयकमा निर्वाचनसम्बन्धी कसुरमा तीन वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रस्ताव गरिएको छ ।
संसद बैठक १७ गतेसम्म स्थगित भएकाले निर्वाचन कसुर तथा सजाय सम्बन्धी विधेयक १७ गते नै पारित गर्ने तयारी छ ।
संसद बैठक १७ गतेसम्म स्थगित भएकाले निर्वाचन कसुर तथा सजाय सम्बन्धी विधेयक १७ गते नै पारित गर्ने तयारी छ ।
राजनीतिक दल र स्थानीय तहको चुनावसम्बन्धी विधेयकका केही महत्वपूर्ण विषयमा भने दलहरुबीच सहमति जुट्न बाँकी रहेकाले ती विधेयक भने शुक्रबार पेश हुन सकेनन् ।
यी दुई विधेयक पनि १७ गते नै संसदमा पेश गर्ने तयारी छ ।
यी दुई विधेयक पनि १७ गते नै संसदमा पेश गर्ने तयारी छ ।
प्रतिकृया दिनुहोस्
Loading...