चन्द्र - प्रकाश रिहाईकाे माग गर्दै क्रान्तिकारीले गर्यो देशभरका शैक्षिक संस्था ठप्प
- काठमाडाैँ, २६ पुस ।
नेकपा (माअाेवादी)निकट अखिल (क्रान्तिकारी) लेअाफ्ना कार्यकर्ताकाे रिहाइकाे माग गर्दै शैक्षिक हड्तालकाे अाह्वान गरेकाे हाे ।
काठमाडाैँ उपत्यकाका संस्थागत र सार्वजनिक सबै शैक्षिक संस्थाहरु बन्द छन् । मंगलबार शैक्षिक संस्था बन्द रहेका कारण काठमाडाैँमा जाम कम भएकाे छ ।
अखिल क्रान्तिकारीका महासचिव दिपेन्द्र चलाउनेले संगठनकाे अाह्वानलाई सबैले सहयाेग गरेकाे जानकारी दिँदै कसैले बेवास्ता गरे त्यसबाट हुन सक्ने क्षतिकाे जिम्मा अाफूहरुले नलिने बताए ।
प्रहरी हिरासतमा रहेका प्रकाश शाही र चन्द्र बुढालाई हिजाेमात्र सर्वोच्च अदालतले १ महिना जेल चलानको फैसला गरेकाे थियाे । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र अनिल सिन्हाको संयुक्त इजलासले एक महिना कैद सजाय सुनाएको हो
गत पुस ७ गते लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालतको परिसरभित्रै कालोमोसो दल्ने आफ्ना कार्यकर्तालाई प्रहरीले पक्राउ गरी रिहा नगरेकाले मंगलबार एक दिन देशव्यापी शैक्षिक हड्तालको आह्वान गरेको सो विद्यार्थी संगठनले बताएको छ ।
आफ्ना कार्यकर्ताले नेपालका भ्रष्टाचारीलाई कालोमोसो दलेर कारवाही गर्दा प्रहरीले दुई विद्यार्थीलाई थुनामा राखेकाले आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...