बार्सिलोनाका ‘एमएसएन’ ले गरे ३ सय २ गोल : मेस्सी, स्वारेज र नेइमारमा को अघि ?
- काठमाडौं, २८ पुस ।
एमएसएन’ को रुपमा परिचित बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी, लुइस स्वारेज र नेइमारले समग्रमा रुपमा तीन सय भन्दा धेरै गोल गरेका छन् ।
स्पेनिस कोपा डेल रे अन्तर्गत बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा एथ्लेटिको बिल्बाओसँगको खेलमा गोल गरेका एमएसएनले अहिलेसम्म समग्रमा तीन सय दुई गोल गरेका छन् । बिल्बाओसँगको खेलमा ३५ औं मिनेटमा लुइस स्वारेजले गरेको गोल एमएसएनको तीन सयौं गोल थियो ।
त्यसपछि ४८ औं मिनेटमा पाएको पेनाल्टी अवसरमा नेइमारले गोल गर्दै एमएसएनको गोल संख्या तीन सय एक पुर्याए । ७८ औं मिनेटमा मेस्सीले गरेको गोल एमएसएनको ३०२ औं गोल बन्यो । सन् २०१४ देखि एमएसएनले बार्सिलोनाका लागि तीन सय दुई गोल गरेका हुन् ।
यसक्रममा मेस्सीले सबै भन्दा धेरै एक सय २५ गोल गरेका छन् । स्वारेजले एक सय तथा नेइमारले ७७ गोल गरेका छन् ।
स्वारेजले गरे गोलमा शतक
सन् २०१४ मा इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोना गएका स्वारेजले बार्सिलोनाबाट एक सय गोल गरेका छन् । एथ्लेटिको बिल्बाओसँगको खेलमा ३५ औं मिनेटमा गरेको गोल बार्सिलोनाबाट स्वारेजको एक सयौं गोल हो ।
स्वारेजले सबै प्रतियोगितामा गरेर बार्सिलोनाका लागि एक सय २० खेलमा एक सय गोल गरेका हुन् । स्वारेजले मेस्सीले भन्दा थोरै खेलमा एक सय गोल गरेका छन् ।
बार्सिलोनाका सर्वकालिन सर्वाधिक गोलकर्ता मेस्सीले एक सय गोल गर्न एक सय ८८ खेल खेल्नु परेको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...