नयाँ रेकर्ड बनाउदै सेभिल्लासँग बराबरीमा रोकियो रियल

  • एजेन्सी, २९ पुस ।

गएराति भएको स्पेनिस कोपा डेल रे अन्तर्गतको खेलमा रियल मड्रिड सेभिल्लासँग बराबरीमा रोकिएको छ ।

निकै प्रतिस्पर्धात्मक देखिएको यी दुईबिचको खेल ३–३ को बराबरीमा सकिएको हो ।खेलको अतिरिक्त समय अर्थात ९३ औं मिनेटमा करिम बन्जामले गोल गर्दै रियललाई बराबरीमा ल्याएका हुन् ।

बराबरी सँगै समग्रमा ६–३ को जितसहित रियल क्वाटर फाइनलमा प्रवेश गरेको छ । बरीबरी गरेसँगै रियल मड्रिडले नयाँ रेकर्ड कायम गरेको छ । रियलले खेलेका ४० वटा खेलमा ४० वटैमा हार्नु परेको छैन ।

यसभन्दा अघि बार्सिलोनाले ३९ वटा खेलमा हार बेहोरको थिएन । खेलको १० औं मिनेटमा डानिलो लुइजले गोल गर्दै सेभिल्लालाई अग्रता दिलाएका थिए । ४८ औं मिनेटमा रियलका मार्को आसिन्सोले गोल गर्दै पहिलो हाफसम्म खेल १–१ को बराबरीमा ल्याए ।

दोस्रो हाफ सुरु भएको ८ औं मिनेटमै स्टेभन जोभटिकले गोल गर्दै पुन सेभिल्लालाई अग्रता दिलाए । भिसेन्ट इब्रोले ७७ औं मिनेटमा गोल गर्दै सेभिल्लाको अग्रतालाई दोब्बर बनाए ।

८३ औं मिनेटमा रियलले पाएको पेनाल्टीमार्फत सर्जियो रामोसले गोल गर्दै खेल ३–२ को अन्तरमा ल्याएका थिए । खेलको अतिरिक्त समय अर्थात ९३ औं मिनेटमा करिम बेन्जामले गोल गर्दै रियललाई हारबाट जोगाए ।

,

प्रतिकृया दिनुहोस्

Loading...