बार्सिलोना र भिल्लारियबीच १–१ को बराबरी



  • एजेन्सी, २५ पुस ।

लियोनल मेस्सीले अन्तिम समय गरेको गोलबाट बार्सिलोना हारबाट जोगिएको छ ।

ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना भिल्लारियलसँग १–१ को बराबरीमा रोकिएको हो । पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेको थिएन । ४९ औं मिनेटमा निकोला सानसोनेले गोल गर्दै भिल्लारियललाई सुरुवाति अग्रता दिलाए ।

हारको नजिक पुगेको बार्सिलोनाका लागि मेस्सीले ९० औं मिनेटमा बराबरी गोल फर्काए । मेस्सीले ला लिगामा यो सिजन १३ गोल गरिसकेका छन् । उनी सर्वाधिक गोलकर्ताको सूचिमा शीर्ष स्थानमा छन् ।

इन्जुरी समयमा कोस्टा जोर्डा दोहोरो पेहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि भिल्लारियल केही समय १० खेलाडीमा सीमित भएको थियो । हारबाट जोगिएको बार्सिलोना सेभिल्लालाई पछि पार्दै दोस्रो स्थानमा भने उक्लिन सकेन ।

तेस्रो स्थानको बार्सिलोनाको १७ खेलबाट ३५ तथा दोस्रो स्थानको सेभिल्लाको ३६ अंक छ । एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिडको ४० अंक छ । राति नै भएको खेलमा सेल्टा डि भिगोले मालागालाई ३–१ तथा रियल बेटिसले लेगानेसलाई २–० ले हरायो । एथ्लेटिको बिल्बाओ र एलाभेसले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...