इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर सिटी पराजित

- काठमाडौँ ३ माघ ।
इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको म्यानचेस्टर सिटी लिग अन्तर्गत आइतबार राति भएको खेलमा पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा एभर्टनले म्यानचेस्टर सिटीलाई ४–० ले हराएको हो ।
एभर्टनको जितमा रामेलु लुकाकु, केविन मिल्नर, टम डेविस र एडेमोला लुकम्यानले गोल गरे । खेल अवधिभर बलमा बढी नियन्त्रण म्यानचेस्टर सिटीको भएपनि गोल भने गर्न सकेन । ३४ औं मिनेटमा लुकाकुले गोल गर्दै एभर्टनलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।
४७ औं मिनेटमा मिल्नरले एभर्टनको अग्रता दोब्बर पारे । ७९ औं मिनेटमा डेविस तथा इन्जुरी समयमा लुकम्यानले गोल गरेपछि एभर्टनले म्यानचेस्टर सिटीलाई ४–० हरायो ।
हारपछि पाँचौं स्थानमा झरेको म्यानचेस्टर सिटीको २१ खेलबाट ४२ अंक छ । सिटी शीर्ष स्थानको चेल्सी भन्दा १० अंकले पछि परेको छ । ३३ अंकसहित एभर्टन सातौं स्थानमा छ ।
हारसँगै सिटीको उपाधी होड सकिएको प्रशिक्षक पेप गार्डिवलालले बताएका छन् । यो हार गार्डिवलाको प्रशिक्षकका रुपमा अहिलेसम्मकै ठूलो हार हो ।
प्रतिकृया दिनुहोस्
Loading...