साल्ट ट्रेडिङले नुनको मूल्य बढाउन सरकारसँग यसरि गर्दैछ बार्गेनिङ

  • काठमाडौं, १५ माघ ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सरकारसमक्ष नुनको मूल्य बढाउन प्रस्ताव गरेको छ । सरकारले आफूलाई ३५ करोड अनुदान दिए भाऊ नबढाइने साल्ट ट्रेडिङको शर्त छ ।

नून आयात लागतभन्दा मूल्य निकै सस्तो भएको भन्दै साल्ट ट्रेडिङले प्रतिकिलो ७ रुपैयाँसम्म मूल्य बढाउन प्रस्ताव गरेको हो । यदि साल्ट ट्रेडिङले माग गरेअनुरुप मूल्य बढाउने निर्णय भएमा अब नुनको मूल्य १८ रुपैयाँबाट बढेर प्रतिप्याकेट २५ रुपैयाँ हुनेछ ।

आपूर्ति मन्त्रालयमा साल्ट ट्रेडिङले नुनको मूल्य लागतभन्दा कम हुँदा संस्थानलाई वर्षमा ३५ करोड रुपैयाँ घाटा भइरहेको जानकारी गराएको छ । तर, सरकारले यसबारे औपचारिक निर्णय भने गरेको छैन ।

आयोडिनयुक्त नुनको मूल्य बढाउन साल्ट ट्रेडिङले प्रस्ताव ल्याएकाले त्यसबारे अध्ययन भइरहेको आपूर्ति मन्त्रालयका सहसचव तथा प्रवक्ता सूर्यप्रसाद श्रेष्ठले जानकारी दिए ।

किलोमा ५ रुपैयाँ घाटा

नुनको मूल्य बढाउन मुख्य सचिवको अध्यक्षतामा रहेको केन्द्रीय अनुगमन समितिले निर्णय गर्नुपर्छ । साल्ट ट्रेडिङलाई नुनकै कारण करोडौंको घाटा भइरहेकाले मूल्यवृद्धि गर्नैपर्ने बाध्यता सिर्जना भएको श्रोतको भनाई छ ।

उनले खरिद तथा आयात लागत बढेकाले मूल्य बढाउनुपरेको भन्दै नागरिकलाई न्युनतम् मूल्यमा नुन उलपब्ध गराउन आफूहरु प्रतिवद्ध रहेको दावी गरे । साल्ट ट्रेडिङलाई नुन किलोमा झण्डै ५ रुपैयाँ घाटा छ ।


‘३५ करोड पाए बढ्दैन’

‘वर्षको ३५ करोड रुपैयाँ सरकारले साल्ट ट्रेडिङलाई अनुदान दिने हो भने नुनको मूल्य बढाउनैपर्छ भन्ने पनि छैन’ राजभण्डारीले भने,’ मूल्य बढाउनभन्दा राज्यले अनुदानबाटै यसलाई पूर्ति गर्न सके राम्रो हुन्छ ।’

साल्ट ट्रेडिङका अनुसार अहिले ढिके नुनमा पनि उसलाई किलोको ३ रुपैयाँ घाटा छ । डिलरहरुले साल्ट ट्रेडिङसँग किलोको २ रुपैयाँ कमिसन लिने गरेका छन् । अब यसलाई बढाउन दबाव आइरहेको र ५० पैसा बढाउने गरी नयाँ मूल्य प्रस्ताव गरिएको हो ।

साल्ट ट्रेडिङले प्रस्ताव गरेेअनुसार मूल्य बढेमा उसलाई किलोको १.५० रुपैयाँ नाफा हुनेछ । यसअघि नुनको मूल्य १५ रुपैयाँबाट १८ रुपैयाँ बनाइएको थियो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...