स्थानीय तह पुर्नसंरचना आयोगकाे प्रतिवेदन बुझ्दै सरकारले भन्याे 'धन्यवाद'
- काठमाडौं, २२ पुस ।
स्थानीय तह पुर्नसंरचना आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा शुक्रबार दिँउसो साँढे ४ बजे आयोग अध्यक्ष बालानन्द पौडेल सहितको टोलीले संघीय मामिला तथा स्थानीय विकास मन्त्री हीतराज पाण्डेलाई प्रतिबेदन बुझाएको हो ।
आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्रीद्धय कृष्णबहादुर महरा र विमलेन्द्र निधीको रोहबरमा मन्त्री पाण्डेलाई झन्डै १७ सय पृष्ठको प्रतिबेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री र स्थानीय विकास मन्त्रीले आयोगलाई धन्यवाद ज्ञापन गरेको छ ।
प्रतिबेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले आयोगले बुझाएको प्रतिबेदन महत्वपूर्ण दस्तावेज भएको बताए । प्रतिबेदनले संविधान कार्यान्वयनलाई सहयोग पुग्ने भन्दै उनले आयोगका सदस्यहरुलाई धन्यवाद दिएका थिए ।
प्रतिबेदन बुझाँउदै आयोगका अध्यक्ष बालानन्द पौडेलले सरकारले दिएको समयसीमाभित्र आफुले सकेको बताए । उनले अध्ययन तथा प्रतिबेदन तयार पार्न स्थानीय विकास मन्त्रालयले महत्वपूर्ण सहयोग गरेको भन्दै धन्यवाद दिएको थिए ।
प्रतिवेदन बुझ्दै मन्त्री हितराज पाण्डले सरकारको प्राथमिकताको यथार्थ बुझी आयोगले तोकिएकै समयमा काम सम्पन्न गरेकोमा धन्यवाद दिएका छन् ।
आयोगले स्थानीय तहको नयाँ संरचनामा महानगरपालिका ४ वटा, उपमहानगरपालिका १२ वटा, २ सय ४१ नगरपालिका, ४ सय ६३ गाँउपालिका निर्धारण गरेको छ । काठमाडौं, ललितपुर, भरतपुर र पोखरा महानगरपालिका बन्ने भएका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...