वैशाख अन्तिमसम्म जसरी पनि चुनाव हुन्छ - प्रधानमन्त्री प्रचण्ड
- काठमाडौं, १६ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवबीच भेटवार्ता भएको छ।
आज दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवर्तामा स्थानीय तह निर्वाचनको मिति घोषणाको तयारी बारे छलफल भएको छ बुझिएको छ।
प्रधानमन्त्री दाहालले वैशाख अन्तिमसम्म जसरी पनि चुनाव गर्ने तयारी भइरहेको भन्दै कुनै हालतमा चुनाव नरोकिने बताएका थिए। उनले सरकार चुनावको मिति घोषणाको तयारीमा रहेको समेत यादवलाई जानकारी दिए।
छलफलमा निर्वाचनका लागि सरकारले अवलम्बन गर्नुपर्ने नीति र आवश्यक कानुन तथा प्राविधिक तयारीका बारेमा कुराकानी गरेका हुन्।
सोही अवसरमा प्रधानमन्त्री दाहालले व्यवस्थापिका–संसद्मा विचाराधीन विधेयकलाई पारित गराउने विषयमा आफूले विशेष पहल गरिरहेको जानकारी गराउँदै आयोगलाई आफ्नोतर्फबाट निर्वाचनको तयारी गर्न प्रमुख आयुक्त यादवलाई अनुरोध गरेका थिए।
प्रमुख आयुक्त यादवले चुनावसम्वन्धी विधेयकहरु पाउनासाथ आयोगले आफ्नो कामलाई तिब्र पार्ने बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
प्रमुख आयुक्त यादवले चुनावसम्वन्धी विधेयकहरु पाउनासाथ आयोगले आफ्नो कामलाई तिब्र पार्ने बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
प्रतिकृया दिनुहोस्
Loading...