विप्लव माओवादी महोत्तरीको सेक्रेटरीमा तिर्थ राई सर्वसम्मत
- काठमाडौं, २२ पुस ।
नेकपा (माअाेवादी) महोत्तरीकाे चाैथाे जिल्ला सम्मेलनले तिर्थ राईलाई सेक्रेटरीमा सर्वसम्मतले चयन गरेकाे छ ।
शुक्रबार सम्पन्न सम्मेलनले राईको नेतृत्वमा १५ सदस्यीय जिल्ला कमिटी पनि निर्वाचित गरेको छ ।
नयाँ कमिटीलाई पार्टीका स्थायी समिति सदस्य असारे काका केन्द्रिय सदस्य सन्तोष पौडेल, युवा जनस्वयमसेवकका केन्द्रीय सचिव किरण पोखरेललगायतका नेताहरुले शुभकामना तथा बधाइ दिएका थिए ।
सम्मेलनपछि नवनिर्वाचित सेक्रेटरी राईले इमान्दार मिडियासँग कुरा गर्दै सांगठनिक, बैचारिक, अर्थतन्त्र र बिभिन्न संघर्षका कार्यक्रमहरुलाई अगाडि बढाउने बताए ।
'विशेषगरी जनताहरुलाई जाली, फटाहाहरुको पन्जाबाट उन्मुक्ति दिलाउन हामी संघर्ष गर्छौं ।' उनले भने ।
'पार्टीको आसन्न महािधवेशनलार्इ केन्द्रविन्दुमा राखेर अबको गतिविधि अगाडी बढ्छ '
प्रतिकृया दिनुहोस्
Loading...